प्रधानमन्त्री प्रचण्ड चाँडै पदमुक्त हुने सिके राउतको संकेत

नेता रावतले प्रधानमन्त्रीमा प्रचण्ड कति दिन टिक्ने हो भन्ने ठेगानचाहिँ नभएको टिप्पणी गर्नु भएको छ । पछिल्लो समय बैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने चर्चा चलिरहेको बेलामा राउतको यस्तो भनाई आएको हो ।
राउतको सचिवालयले फेशबुकमार्फत भनेको छ– ‘यहाँ प्रधानमन्त्री आफैं त कति दिन टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचनपछि आफैं बहिर्गमन हुँदैछ। यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन। चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको।’
यसैबीच केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अब चाँडै नै सत्ताको बागडोर कांग्रेसले लिने बताउनु भएको थियो । कांग्रेस सभापति देउवा र जनमत पार्टीका अध्यक्ष राउतका अभिव्यक्तिले प्रचण्ड सरकारबाट चाँडै बाहिरिने संकेत देखिएको छ ।
Leave a Reply