कोशीका केही पहाडी भागमा मेघगर्जनसहित हल्का वर्षा

कोशीका केही पहाडी भागमा मेघगर्जनसहित हल्का वर्षा

काठमाडौं । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी प्रदेशमा भने आज मौसम सामन्यतः सफा रहने छ । प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको पहाडी भागमा पनि वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागमा राति भने आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। सोमबार पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.