कोशी प्रदेशका पहाडी भागमा हल्का वर्षा हुने

कोशी प्रदेशका पहाडी भागमा हल्का वर्षा हुने

काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिमी भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ । भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि सामान्यतः सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी  भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशमा आज राती आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतः सफा रहने छ। कर्णाली प्रदेशको पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन- चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.