बर्जुमा हनुमान मन्दिर पुनःनिर्माण

बर्जुमा हनुमान मन्दिर पुनःनिर्माण

इनरुवा । सुनसरीको गाउँपालिका–२ भीमपुरस्थित हनुमान मन्दिर पुनःनिर्माण गरी नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । विराटनगरका समाजसेवी धनप्रसाद श्रेष्ठ र गङ्गादेवी श्रेष्ठले २०३० सालमा उक्त मन्दिर निर्माण गर्नुभएको थियो ।

धन–गङ्गा स्मृति’ प्रतिष्ठानद्वारा विहीबार आयोजित कार्यक्रममा उक्त मन्दिरमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताउनुभयो । स्वर्गीय श्रेष्ठले मन्दिर स्थापना गरिएको क्षेत्रमा स्वास्थ्य चौकीसमेत खोल्नुभएको थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले हनुमानको नयाँ मूर्ति प्रतिस्थापन गर्दै सबै मिलेर धर्म, संस्कृति, भाषा र कलाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । धर्म र संस्कृतिमाथि आक्रमण भइरहेको चर्चा गर्दै उहाँले ठाउँठाउँमा निर्माण हुने यस्ता मठमन्दिरले धर्म र संस्कृतिको संरक्षणमा बल पुग्ने धारणा व्यक्त गर्नुभयोे ।

बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले भीमपुरको विकासमा स्व। श्रेष्ठको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । उहाँले श्रेष्ठकै पहलमा केशलीया नदीमा पुल पनि निर्माण भएको बताउनुभयो । स्व। श्रेष्ठका जेठा छोराबुहारी कृष्णप्रसाद श्रेष्ठ तथा त्रिपुरारानी श्रेष्ठले उपलब्ध गराउनुभएको रु ५० लाखबाट मन्दिर पुनःनिर्माण गरिएको उक्त प्रतिष्ठानका प्रतिनिधि निश्चल श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.