सांसद्ज्यू, महानगरपालिकाले जोगबनीका व्यापारीसँग मिलेमत्तो गरेकै हो ?

सांसद्ज्यू, महानगरपालिकाले जोगबनीका व्यापारीसँग मिलेमत्तो गरेकै हो ?

विराटनगर । विराटनगर महानगरपालिका आजभोलि सडकमा पार्किङ निषेध गर्ने अभियानमा छ । तर व्यापारीहरु भने महानगरपालिकाको निर्णयविरुद्ध आक्रोशित भएका छन् । उनीहरुले सडकको एक किनारामा पार्किङ गर्नुपर्ने अडान लिइरहेका छन् । यस्तै केही नेताहरुले महानगरपालिकाको अभियानलाई साथ दिएका छन् । केहीले भने महानगरपालिकाको कदमको खुलेर विराध गरेका छन् ।

प्रदेश सांसद केदार कार्कीले भने महानगरपालिकाको पार्किङ नीतिप्रति आपत्ति जनाएका छन् । भारतको जोगबनीका व्यापारीसँग मिलेमतो गरेर महानगरले तर्साएको कार्कीको आरोप छ । उनले भारतीय व्यापारीलाई व्यापारमा सहयोग पुर्याउन यता पार्किङ नीति ल्याइएको आशय व्यक्त गरेका छन् ।

केहि दिनदेखि महानगरले व्यस्त बजार क्षेत्रको सडकमा पार्किङ निषेध गरेको हो । पार्किङ निषेध गरिएको विषयमा व्यापारीहरु आन्दोलित बनेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद कार्कीले लोकतन्त्रमा संवाद हुने तर सामन्त पारा नहुने भनेका छन् । महानगरपालिकाले जनप्रतिनिधिको भन्दा मालिकको शैली अपनाएको कार्कीले तर्क गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.