विराटनगर महानगरपालिकाको ‘नो पार्किङ’ नियमविरुद्ध व्यवसायी सडक संघर्षमा

विराटनगर महानगरपालिकाको ‘नो पार्किङ’ नियमविरुद्ध व्यवसायी सडक संघर्षमा

विराटनगर । विराटनगर महानगरपालिकाले लागु गरेको ‘नो पार्किङ’ विरुद्ध व्यवसायी आक्रोशित भएका छन् । उनीहरु महानगरपालिकाले लागु गरेको ‘नो पार्किङ’विरुद्ध सडक संघर्षमा नैं उत्रिएका छन् । तर व्यवसायीको सडक संघर्षबाट डराएर महानगरपालिकाको कार्यालय पछाडी नफर्किने मेयर नागेश कोइरालाले स्पष्ट पार्नु भएको छ ।

व्यवसायीले शुक्रबारदेखि विराटनगर महानगरपालिका क्षेत्रको सडकमा एक साइड सवारीसाधनको पार्किङ गर्न थालेका छन् । यसलाई अभियानकै रुपमा अगाडि बढाउने व्यवसायीहरुले घोषणा गरेका छन् । यसअघि विराटनगर महानगरपालिकाले महानगरको सडक क्षेत्रलाई ‘नो पार्किङ’ क्षेत्र घोषणा गरेको थियो । नो पार्किङका कारण व्यवसाय चौपट भएको निष्कर्ष निकाल्दै व्यवसायीहरुले शुक्रबारदेखि महानगरपालिकाको सूचनालाई इन्कार गर्दै सडकको एक साइडमा सवारी पार्किङ गर्न थालेका हुन् ।

व्यवसायीले सडकको एक साईडमा पार्किङ गरेर राखेका केही सवारीमा विराटनगर महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लक लगाएका छन् । महानगरपालिकाले नगर क्षेत्रको १५ भन्दा बढि सडक खण्डलाई नो पार्किङ क्षेत्र घोषणा गर्दै नगर क्षेत्रकै केही व्यक्तिगत जग्गामा पार्किङको व्यवस्था गरेको थियो ।

शुक्रबार महानगरपालिकाले ‘नो पार्किङ’ घोषणा गरेको महानगरको सबै सडक खण्डको एक साइडमा व्यवसायीहरुले सवारी पार्किङ गरेका छन् । व्यवसायीले सामान किन्न आउने सर्वसाधारणको सवारीसाधनलाई समेत ‘नो पार्किङ’ क्षेत्रमा पार्किङ गर्न लगाएका छन् ।

‘नो पार्किङ’ सडकमा हजार भन्दा बढि सवारीसाधन पार्किङ गरेर राखेपछि महानगरपालिका र ट्राफिक प्रहरी कार्यालय सबै सवारी साधनमा लक लगाउन नसकेर पछि फर्किएका छन् । विराटनगर महानगरपालिका र व्यवसायीबीच ‘नो पार्किङ’ को विषयमा उत्पन्न भएको विवाद चरम उत्कर्षमा पुगेको छ ।

मेयर कोइरालाले विराटनगरलाई सफा र सौन्दर्य सहर निर्माणका लागि थालिएको ‘नो पार्किङ’ अभियान विराटनगरवासीकै हितमा रहेकोले व्यवसायीको संघर्षको कारण पछाडी फर्किन सक्ने अवस्था नरहेको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.