विपद प्रतिकार्य योजना सम्बन्धि सरोकारवाला सित विषयगत छलफल

विपद प्रतिकार्य योजना सम्बन्धि सरोकारवाला सित विषयगत छलफल

विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकाय सहित सरोकारवाला सित छलफल सम्पन्न गरेको छ ।
महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना गरेको हो । विपदको सामना गर्न पूर्वतयारी, विपदका समयमा गरिने कार्यका विषयमा छलफल गरिएको थियो ।
छलफलमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, सशस्त्र प्रहरीका एसपी, जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी टीकाबहादुर कार्की, नेपाली सेनाका मेजर, नगर प्रहरीका प्रमुख राजन पौडेल, विभिन्न राजनैतिक दलका महानगरस्तरीय समितिका प्रमुख तथा प्रतिनिधिलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । छलफलमा विपदको समयमा उद्धार, राहत वितरण तथा घाइतेको उपचारका विषयमा छलफल गरिएको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *