चोलेन्द्र शमशेरबिरुद्धको महाअभियोग प्रस्ताव निष्कृय, आजै सर्वोच्च जाने तयारीमा

ध्रुब कटुवाल , बिराटनगर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध संसद्मा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र संसदबाट प्राप्त गरेको भन्दै बुधबार सर्वोच्च जाने तयारी गरेका छन्।
संसदका महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्कृय भएको पत्र दिएपछि उनी सर्वोच्च जाने तयारीमा छन्।
राणाले केहीदिन अगाडि आफूविरुद्धको महाभियोग प्रस्तावबारे संघीय संसद सचिवालयमा सूचना माग गरेकामा आज सो अभियोग निष्कृय भएको पत्र प्राप्त गरेका हुन्।
राणामाथि मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप लगाउँदै २०७८ फागुन १ मा सत्तारुढ दलका सांसदले जबराविरुद्ध संसदमा महाअभियोग दर्ता गरेका थिए।
प्रतिनिधिसभा बैठकले २२ साउनमा जबराविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाएर अध्ययन गर्न ३ महिनाको समय दिएको थियो।
तर महाभियोग छिनोफानो नभई प्रतिनिधिसभाको कार्यकाल सकिएको थियो।
राणाको कार्यकाल मंसिर २७ गते सकिँदैछ।
Leave a Reply