प्रचण्डले फेरी धराने जनतालाई झुट बोले अनि भोजपुरका जनताले बमले तर्साए

प्रचण्डले फेरी धराने जनतालाई झुट बोले अनि भोजपुरका जनताले बमले तर्साए

धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङ्कको भोटको लागि प्रशंसा गर्दै फेरी झुट बोलेका छन् ।
चुनावी सभालाई सम्बोधन गर्न धरान पुगेका दाहालले खानेपानी समस्या समाधानका लागि साम्पाङले गरिरहेको प्रयासको प्रशंसा त गरे तर सुकुम्बारी समस्याको हल पनि गर्न सक्ने रहेछन् भन्दै जनतालाई फेरी झुटको खेती गरेका छन् । निर्बाचन अभियानमा जहाँ जे बोल्दा भोट आउट त्यही बोल्दै हिडेका प्रचण्डलाई भोजपुरमा भने बमले तर्साएका छन् ।315911850_10160289579237744_1889859137672311036_n
उनले धरानको सुकुम्बासी समस्या हल गर्ने, धरानका भूपू सैनिकलाई सम्मान जनक पेन्सनको व्यवस्था गर्न पहल गर्ने जस्ता हुनै नसक्ने बाचा बोल्दै भोट माग्ने प्रकियाको प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस्तै उनले धरान खेलकुदको सहर भएकाले रङ्गशाला निर्माणमा सहयोग गर्नेसमेत आश्वासन दिएका छन् ।
सुनसरी क्षेत्र नम्बर १ का आफ्ना उम्मेदवार मुक्सामहाङ्ग सुब्बालाई चुनाव जिताएर पठाए मन्त्री बनाउने फेरी झुटको आश्वासन दिएका छन् ।
चुनावी सभामा उनले धरानको विकासमा राष्ट्रिय नेताको अभाव महशुस भएको बताउँदै सुब्बालाई जिताएमा मन्त्री बनाउने र धरानको विकास हुने बताए ।
कांग्रेसको भोट फकाउँदै प्रचण्डले लोकतन्त्र स्थापना र शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालासँग सहकार्य गरेको स्मरण रहेको भन्दै गिरीजालाई राष्ट्र्रपति हुनबाट रोकको कुरा भन्न भ्याएनन् स्थानीय भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.