मोरगंको क्षेत्र नं २ (क)मा चुनाबी माहौल रोचक, बागी उठ्दा मतदाताको रोजाईमा कार्की

मोरगंको क्षेत्र नं २ (क)मा चुनाबी माहौल रोचक, बागी उठ्दा मतदाताको रोजाईमा कार्की

मोरगं । मोरङ क्षेत्र नम्वर २ को प्रदेश ’क’ मा नेकपा (एमाले)का उम्मेदवार डिबी कार्कीको सक्रियता उनका प्रतिद्वन्दीहरु भन्दा निकै अघि रहेको छ । उनका मुख्य प्रतिष्पर्धी सत्ता गठबन्धनबाट नेकपा मओवादी केन्द्रका गणेश उप्रेती छन् ।

एमालेबाट नयाँ उम्मेदवार मैदानमा आएपछि युवा मतदाताको ठूलो हिस्साको रोजाइमा कार्की छन् । दुई दशकदेखिको निरन्तरको स्थानीय सामाजिक सेवाले कार्कीको उम्मेदवारीलाई थप दर्बिलो बनाएको छ । जोस, जाँगर र ठोस कार्ययोजनासहित उनी अहिले जनतालाई घरघरै पुगेर भेट्न व्यस्त छन् ।  गठबन्धनका माओवादी उम्मेदवार उप्रेती यो क्षेत्रमा निरन्तर चुनाव हार्दै आएका छन् । उनले २०७० मा दोस्रो संविधानसभाको चुनाव र २०७४ मा प्रदेशसभाको चुनाव हारेका हुन् । लगातारको हारले जनतामाझ त्यसै पनि अलोकप्रिय बनेका उप्रेती गठबन्धनको साझेदार पार्टी कांग्रेसको मत पाउनेमा अहिलेसम्म विश्वस्त हुन सकेका छैनन् । स्थानीय चुनावमा सिर्जित कांग्रेससँगको कटुता अझसम्म मिलाउन नसक्दा उनले कांग्रेसको मत आधा पनि नपाउने स्थिति छ । यो क्षेत्रमा कांग्रेसबाट २ जना बागी उम्मेदवार छन् । फडिन्द्र थापा लाल्टिन र समशेरबहादुर कार्की जेब्रा चिन्ह लिएर कांग्रेसको बागी उम्मेदवार बनेका छन् ।

एमाले एकढिक्का हुनु, उम्मेदवारीमा नयाँ अनुहार हुनु, उम्मेदवार स्वयम् उदार, सहयोगी र सामाजिक घुलमिलको हुनुले यो क्षेत्रमा एमालेले कार्कीलाई र कार्कीले एमालेलाई बलियो बनाएका छन् । चुनाव नजिकिंदै जाँदा तथस्ट र अन्य पार्टीको मतसमेत कार्कीतिर नजिकिंएको छ ।

एमाले १ नम्बर प्रदेश कमिटी सदस्य रहेका कार्कीले शैक्षिक सुधारलाई विशेष जोड दिएका छन् । गुणस्तरीय शिक्षा प्राप्तिको खाकालाई उनले प्रमुखताका साथ उठाएका छन् । युवा रोजगारी उनको अर्को प्राथमिकताको क्षेत्र हो । त्यसैगरी स्वास्थ्यसेवा, कृषिविकासलगायतका विषयहरुको योजना उनले टोलटोलमा गएर प्रस्तुत गरेका छन्।  दलीय व्यवस्थामा चुनाव जित्न पार्टीको ठोस कार्ययोजना, कार्यकर्ताको सहयोग र आमजनताको समर्थन आवश्यक हुन्छ । यी विषयहरुमा कार्की आफ्ना प्रतिद्वन्दीभन्दा धेरै अघि छन्। उनले ब्यक्त गरेका प्रतिवद्धताहरुमा जनविश्वास दिनप्रतिदिन बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.