भारतीय मिडियामा भाइरल : नेपाल सहित १९ मुलुक मुकेश अम्बानी भन्दा गरिब !

भारतीय मिडियामा भाइरल : नेपाल सहित १९ मुलुक मुकेश अम्बानी भन्दा गरिब !

काठमाडौं । आफ्नो मुलुकका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति भन्दा छिमेकी मुलुक नेपाल र अफगानिस्थानको कूल जीडीपी कम रहेको विषयलाई भारतीय मिडियाले निकै प्राथमिकता दिएको छ।

काठमाडौं । कुनैपनि मुलुकभन्दा एउटा व्यक्तिको सम्पत्ति थोरै रहेको हुन्छ भन्नेकुरा कतिलाई थाहा होला या त कतिलाई थाहा नहुन पनि सक्छ । तर, आफ्नो मुलुकका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति भन्दा छिमेकी मुलुक नेपाल र अफगानिस्थानको कूल जीडीपी कम रहेको विषयलाई भारतीय मिडियाहरुले समाचारको खुराक बनाएका छन् ।  भारतको चर्चित सञ्चार संस्था पञ्जाव केसरीले मुकेश अम्बानीको सम्पत्ति भन्दा आफ्ना छिमेकी मुलुकहरुसँगै विश्वका कूल १९ मुलुक गरिब रहेको विषयमा समाचार प्रकाशित गरेको छ ।
फोर्ब्स पत्रिकाको हवाला दिँदै उल्लेख गरिएको समाचारमा नेपालको सम्पत्ति मुकेश अम्बानीको भन्दा झण्डै दुई अर्ब डलर कम रहेको उल्लेख गरिएको छ ।
फोर्ब्सको पछिल्लो सूची अनुसार मुकेश अम्बानीको सम्पत्ति २३.१ डलर रहको बताएको छ । तर, आजको दिनमा फोब्र्सकै अनुसार पनि २५ दशमलव ४ विलियन डलर रहको बताईएको छ । अम्बानी अहिले विश्वका धनीहरुको सूचीमा ३८ औं स्थानमा छन् । उक्त अनलाईनमा नेपालको कूल जीडीपी २१.२ अर्ब डलर रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.