मोरङको कटहरी गाऊपालिकामा हत्याको अभियोगमा ३ जना पक्राउ

मोरङको कटहरी गाऊपालिकामा  हत्याको अभियोगमा ३ जना पक्राउ

मोरङ ।  मोरङको कटहरी गाऊपालिका २ आदर्शटोलका ५० बर्षीय तुलसी श्रेष्ठको हत्याको अभियोगमा ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका १ का ३३ बर्षीय रविन भुजेल, कटहरी गाउँपालिका १ कै २९ बर्षीय कपिल माझी र कटहरी गाउँपालिका ३ का २८ बर्षीय नितेश चौधरी रहेका छन् ।  बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका  -१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा तुलसी श्रेष्ठ मृत अबस्थामा रहेको जानकारी प्राप्त हुन साथ वडा प्रहरी कार्यालय (ख) हाटखोला र थप  अनुसन्धान तथा कानुनि प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गएको थियो । घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशंका गरि डग स्नाफिङ समेत गरिएको थियो । घटनालाई सुक्ष्म रुपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई आजै बिहान १० बजे पक्राउ गर्न सफल भएको हो ।
आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजारहरूले टाउँकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.