विराटनगर । विराटनगरको कञ्चनवारीमा “स्वास्थ्य ओरो डेन्टल क्लिनिक” सञ्चालनमा आएको छ । शनिवार विराटनगर महानगर पालिकाका प्रमुख भिम पराजुलीले उक्त डेन्टलको औपचारीक उद्धघाटन गरेका हुन ।
उक्त क्लिनिकमा वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सुविन चौधरी, डा.अजय कामत, डा.रोशन यादव सहितको दन्त चिकित्सकले सेवा प्रदान गर्ने छन् ।
बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतमा सिमेन्ट भर्ने, दुखेको दाँत जरैदेखि उखेल्ने, मुख गन्हाउने, गिजा सुनिने, गिजाबाट रगत आउने, दाँतमा ब्रास लगाउने लगायतका विभिन्न दाँत र मुखको समस्या सम्बन्धी सेवा सुविधा प्रदान गरिने डेन्टल सञ्चालकले बताए । साथै बच्चाको दाँत सम्बन्धी सम्पूर्ण उपचार समेत गरिने बताइएको छ ।
दन्त बिरामीलाई सहुलियत दरमा गुणस्तरीय सेवा प्रदान गरिने क्लिनिकका म्यानेजिङ डाइरेक्टरमा धिरज मण्डलले बताए ।