कोबास कलेजले ४ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा

कोबास कलेजले ४ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा

डम्बर कुमार न्यौपाने

विराटनगर, १२ असोज । विराटनगरको कोबास कलेजले ४ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताएको छ । जसमध्ये १ सय जना विद्यार्थीलाई निशुल्क पढाउने घोषण समेत गरेको छ ।  कलेजले आज पत्रकार सम्मेलन गरेर कक्षा ११ मा भर्ना हुने एक सय विद्यार्थीलाई निस्शुल्क अध्यापन बताएको हो । कलेजले छात्रवृत्ति बापत विद्यार्थीलाई दुइ करोड १३ लाख १५ हजार उपलब्ध गराउने प्रिन्सिपल सुनिल कुमार श्रेष्ठले बताउनुभयो ।
कोरोना महामारीका कारण अभिभावकलाई पर्न गएको आर्थिक भारलाई मध्यनजर गर्दै विज्ञान विषयमा ५० र व्यवस्थापन विषयमा ५० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा निशुल्क पढाउने कलेजले जनाएको छ । यो अवसर ३.९० र यो भन्दा बढि जिपिए प्राप्त गरेका १ सय विद्यार्थीले पाउने छन् ।
कलेजले एसईईमा ३.८५ जीपीए ल्याउने ५० जनालाई ९० प्रतिशत, ३.८० जीपीए ल्याउनेलाई ८० प्रतिशत, ३.७५ जीपीए ल्याउने ५० जनालाई ६०, ३.७० ल्याउने ५० जनालाई ५५ प्रतिशत छात्रवृत्ति दिने भएको छ । त्यस्तै ३.६५ ल्याउने ५० जनालाई ५० प्रतिशत र ३.६० जिपिए ल्याउनेलाई ४५ प्रतिशत छुट दिने प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.