थप दुई जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २१९

थप दुई जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २१९

विपी कोइराला, बैशाख ३१ । नेपालमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

नयाँ थपिएका संक्रमितमा नेपालगञ्ज र कपिलवस्तुका एक एक जना पुरुष छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा उनको नतिजा पोजिटिभ आएको हो ।

यस्तै कपिलवस्तुका २२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.