बिराटस्थित भाटभटेनीले प्रदेशः–१ लाई दियो २५ लाख

बिराटस्थित भाटभटेनीले प्रदेशः–१ लाई दियो २५ लाख

बिराटनगर । भाटभटेनीले प्रदेश नम्बर १ को सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि २५ लाख रुपैयाँ दिएको छ ।
विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई २५ लाखको चेक हस्तान्तरण गरिन् ।
मुख्यमन्त्री राईले चेकमा उल्लेखित रकम ‘प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष’–मा जम्मा गरिने बताए ।
उनले कोषमा हालसम्म ११ करोडभन्दा बढी जम्मा भइसकेको जानकारी दिए ।
मुख्यमन्त्रीले अत्याधुनक सोपिङ कल्चरको विकासका लागि नेपालमा भाटभटेनीले ठूलो भूमिका खेलेको उल्लेख गर्दै कोरोना त्रासका बेला सोसियल डिस्टेन्सिङको पालना गरेर तथा मास्क र सेनिटाइजरको प्रयोग गरेर मात्र स्टोरमा ग्राहकलाई पसाउन आग्रह गरे ।
प्रबन्धक राईका अनुसार भाटभटेनीले केन्द्रीय सरकारको कोषमा १ करोड उपलब्ध गराएको छ । साथै सातै वटा प्रदेश सरकारलाई २५–२५ लाख प्रदान गर्ने निर्णय छ । सोही निर्णयअनुसार प्रदेश नम्बर १ मा २५ लाखको चेक हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.