सोमबार देखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक, निजी गाडी चल्न पाउने

सोमबार देखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक, निजी गाडी चल्न पाउने

बिराटनगर । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
गत शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनका लागि यस्तो रोक लगाइएको जानकारी दिएका थिए । लामो दुरीको यात्रा गर्दा एउटा यात्रुमा संक्रमण भए अरुमा पनि सर्न सक्र धेरै यात्रु एउटा गाडीमा हुदा जोखिम बढ्ने हुनाले लामो दुरीका सवारीसाधनमा रोक लगाइएको हो । निजी सवारी साधन भने रोक लगाइएको छैन ।
तर लामो दूरी भनेको कति हो भन्ने आमनागरिकमा जिज्ञासा छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले आगामी २१ गते चेत्र सम्मका लागि सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको हो । उनले कानुनतमा २ सय ५० किलोमिटरभन्दा धेरैलाई लामो दूरी भनिने भए पनि हालको परिस्थतिमा त्यसलाई आधार मान्न नमिल्ने बताएका छन् । ‘रोगको संक्रमण नफैलियोस् भनेर लामो दूरीको सञ्चालनमा रोक लगाइएको हो । एउटै गाडीमा धेरै जना लामो समय यात्रा गर्दा पनि संक्रमण एउटा व्यक्तिबाट अर्कोमा सर्न सक्छ,’ तसर्थ सर्बसाधारण सार्बजनिक यातयातमा रोक लगाएको हो । हालको परिस्थितिमा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रने सार्वजनिक यातायातमा रोक लगाएको छ तर काठमाडौं उपत्यकामा भने ३ वटै जिल्लामा सार्वजनिक यातायातमा चल्न पाउनेछन् । निजी सवारी साधन तथा र मोटरसाइकल र स्कुटर लामो दुरीमा चल्न पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.