प्रकृतिको सुन्दर नगरी इलाममा कृतिम फूलको भरमा तिहार

प्रकृतिको सुन्दर नगरी इलाममा कृतिम फूलको भरमा तिहार

टिका खतिवडा, इलाम । फुल सँधै आवश्यक हुन्छ तर विशेष गरेर तिहारमा फुल भएन भने तिहार नै खल्लो जस्तै हुन्छ । यहि फुल नहुँदा इलाममा कृतिम फुलका माला किनेरै भएपनि तिहारलाई रंगीन बनाउनु पर्ने बाध्यता छ । सयपत्रि र मखमलि फूलको व्यवसायीक खेति नहुदा इलामका बजारमा कृतिम फूलमा भर पर्नुपर्ने भएको छ । फाट्टफुट्ट फूलखेती भएपनि व्यावसायिक रुपले नभएको कारण सहर बजारमा फूलको अभावले कृतिम फूलमा भर पर्नुपर्ने भएको हो ।
तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्रीको माला लगाएर सु–स्वास्थ्य, आरोग्य दीर्घायुको कामना गर्ने चलन भएपनि प्राकृतिक फूलको अभाव हुने भएपछि इलाम बजारमा कृतिम फूलको मालामा भरपर्नु परेको छ । तिहारको समयमा फूलको अभाव हुने भएपछि पूर्वी पहाडी जिल्ला इलाम सदरमुकाम लगायत ग्रामिण भेगका वजारमा समेत कृतिम फूलमा भरपर्नु परेको हो ।
तिहारलाई दिदीबहिनी र दाजुभाइबीच एक आपसमा माया, प्रेम, खुशी साटासाट गर्ने तथा फूलैफूलको पर्वका रुपमा लिइन्छ । तिहारमा सयपत्री र मखमली फूलको मालाको निकै महत्व हुन्छ । गाउँघरमा फूलको उत्पादन कम हुन थालेपछि तिहारमा फूलको अभाव भएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि चिरायुको कामना गर्दै गलामा सयपत्री र मखमली फूलको माला लगाइदिने चलन छ । तिहारमा घर सजाउनका लागि पनि फूल प्रयोग हुने गर्दछ । जिल्लामा ब्यवसायिक रुपमा फूलको खेती नहुने र शहर वजारमा फूलको अभाव भएका कारण कृतिम फूलको ब्यापार वढेको ब्यवसायिहरु बताउँछन ।
बजारमा बिनाझन्झट तयारी अवस्थामा विभिन्नखालका माला उपलब्ध हुनु, व्यावसायिक तवरले पुष्पखेतीमा कृषककोे चासो नहुँदा पछिल्लो समय इलाममा फूलको अभाव हुँदै आएको छ । यहाँ पुष्पखेतीका लागि उपयुक्त भू–बनोट छ । ठाउँ भएपनि पुष्प खेतीकालागि कसैले चासो नदिदाँ शहरमा फूलको मालाको अभाव हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.