लागूऔषध सहित दुई जना पक्राउ

लागूऔषध सहित दुई जना पक्राउ

पुजा शर्मा, झापा । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शुक्रबार लागूऔषध सहित २ जना युवकलाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध फेनारागन-३० एम्पुल, लुपिजेसिक-३० एम्पुल र डाईजेपाम-३० एम्पुल सहित मोरङ उर्लावारी नगरपालिका-१ बस्ने बर्ष-२३ को सुनिल तामाङ र बेलबारी नगरपालिका-३ बस्ने बर्ष १९ को सुरज बि.क.लाई दिउँसो ३:४५ बजे पक्राउ गरिएको हो । झापाको मेचीनगर नगरपलिका-६ स्थित भन्सार गेट अगाडिबाट शंकालागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध फेला पारी बरामद गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.