काँग्रेस अब नयाँ दृष्टिकोणमा चल्छ :- डा. शेखर कोइराला

काँग्रेस अब नयाँ दृष्टिकोणमा चल्छ :- डा. शेखर कोइराला

पबित्रा संगम, बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काँग्रेस अब नयाँ दृष्टिकोणमा अघि बढ्ने बताएका छन् । नयाँ नेतृत्वमा जो आएपनि पार्टी अब नयाँ दृष्टिकोणमा चल्नुको विकल्प नरहेको कोइरालाको तर्क छ ।
नेपाली काँग्रेस मोरङ क्षेत्र नं. ६ ले बिहीबार दीपावली तथा छठ पर्वको अवसरमा मोरङको डङ्ग्राहामा आयोजना शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले सरकार असफल बनाउने काँग्रेसले नभएर उसकै काम र चरित्रले हुने टिप्पणी गरे । काँग्रेस महाधिवेशनले अब पार्टीलाई नयाँ दृष्टिकोणले दिने बताउँदै जुन नेतृत्व आएपनि नयाँ दृष्टिकोणबाटै अघि बढ्ने दाबी गरे । भने,‘देश विकास र जनताको आकांक्षा पूरा गर्ने अभिभारा अब काँग्रेसले लिनुपर्छ । पार्टी नयाँ दृष्टिकोणले चल्नुपर्छ ।’
उनले सरकार आफ्नै कारणले असफल भएको बताउँदैभने,‘सरकार असफल भइसकेको छ । प्रधानमन्त्रीले आफै सुरक्षा निकाय र न्यायालयले नै साथ दिएन भन्दै हिंड्नुले सरकारको अवस्था चित्रण गर्छ ।’ संघीयता असफल बनाउने दिशामा सरकार अग्रसर भएपनि काँग्रेसले यसलार्य जोगाउने कोइरालाको दाबी थियो ।
बलात्कारका घटनामा संलग्न अपराधी पक्राउ पर्न नसक्नुले पनि सरकार के गर्दैछ भन्ने प्रश्न जनस्तरमा उठेको बताउँदै कोइरालाले भने,‘संघीयता असफल बनाउन सरकार नै लागि रहेको छ । संघीयता सफल बनाउन काँग्रेस अग्रसर हुनुपर्ने बेला आएको छ ।’ उनले महासमितिको बैठक लम्ब्याउनु नहुने र पार्टी सभापतिलाई धेरै अधिकार दिन नसकिने बताए । उनले नेतृत्व सच्चिनु पने नत्र काँग्रेस हाल बेहाल हुने टिप्पणी गरे ।
कार्यक्रममा पूर्वसांसद अशोक कोइराला, विराटनगर महानगरका मेयर भीम पराजुली, पूर्वमन्त्री दिलिप गच्छदार, प्रदेश सभा सदस्य चुमनारायण तवदार लगातयले मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.