पोखरा प्रिमियर लिग अन्तर्गत खेलमा बिराटनगरको लगातार तेस्रो हार

पोखरा प्रिमियर लिग अन्तर्गत खेलमा बिराटनगरको लगातार तेस्रो हार

बिराटनगर । पोखरा प्रिमियर लिग अन्तर्गत खेलमा विराटनगर टाइटान्सले लगातार हारेको छ । आज बिहान पोखरा रंगशालामा भएको पहिलो खेलमा काठमाडौं रोयल्ससँग ५ विकेट पराजित भएपछि विराटनगरले लगातार तेस्रो हार व्यहोरेको हो ।

सन्दिप लामिछानेको टिम विराटनगरलाई पराजित गर्दै काठमाडौंले भने लगातार दोस्रो जित निकालेको छ । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा भारतीय खेलाडी गौरव तमोरले ३९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६६ रन जोडे । ओपनर अमित श्रेष्ठले ३५ रन, कप्तान ज्ञानेन्द्र मल्ल १७ रन जोडे । विराटनगरका शाहव आलमले २ विकेट लिए । सन्दीप लामिछाने, किशोर महतो र जितेन्द्र मुखियाले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले राम्रो शुरुवात गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

लगातार तेस्रो हारसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पहिलो चरणबाटै बाहिने खतरामा परेको छ ।यसअघि पहिलो खेलमा विराटनगरलाई घरेलु टिम पोखराले ५८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । आइतबार भएको दोस्रो खेलमा पनि विराटनगर धनगढी बुल्जलेसँग ७८ रनको विशाल अन्तरले पराजित भएको थियो ।

अब विराटनगरले चौथो खेलमा बुटवल ब्लास्टर्ससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.