अब अप्रेशन ५ हजारमै

अब अप्रेशन ५ हजारमै

बाजुरा । पेट दुखेर छटपटाइरहेकी गौमूल–४ की ३६ वर्षीया रितु रोकायालाई परिवारले जिल्ला अस्पताल पुर्‍यायो । परीक्षण गर्दा उनको सानो आन्द्रामा घाउ देखियो । पाकेर पिप जमिसकेको थियो । चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने ठहर्‍याए । त्यो तहको शल्यक्रिया त्यसअघि जिल्ला अस्पतालमा भएकै थिएन ।

‘अरू अस्पताल पुर्‍याउँदासम्म ज्यानै जान सक्थ्यो,’ डा. दुर्गाराज महर्जनले भने, ‘त्यसैले अभिभावकको स्वीकृतिमा यहीँ शल्यक्रिया गर्ने निर्णय गर्‍यौं।’ यहाँ उक्त शल्यक्रिया सफल हुनु कुनै चमत्कारभन्दा कम हुने थिएन। आखिर त्यही चमत्कार भइछाड्यो। रितु अहिले निकै आराम महसुस गरिरहेकी छन्।

सहरका ठूला अस्पतालमा ५ लाखसम्म लाग्ने उक्त शल्यक्रिया विकास सूचकांकमा सबैभन्दा पुछारमा रहेको बाजुरामा जम्मा ५ हजारमा सम्पन्न भयो। भदौ अन्तिमको घटना हो यो । आधारभूत तहको मात्र सुविधा छ जिल्ला अस्पतालमा। तैपनि यति जटिल प्रकृतिको शल्यक्रिया सफल हुँदा चिकित्सक कम्ता खुसी छैनन् । ‘जिल्लामा पहिलोपटक यति ठूलो सफल अप्रेसन भएकामा खुसी त लाग्ने नै भयो,’ महर्जनले भने ।

महर्जन एमडीजीपी डाक्टर हुन् । ‘उनैले हिम्मत गरेपछि डा. टीकाराम राईलगायतको सहयोगमा त्यो शल्यक्रिया सफल भयो,’ अस्पताल प्रमुख डा. रूपचन्द्र विश्वकर्माले भने, ‘बिरामीको आन्द्रा फुटेको (इन्टरटाइनल परफोरेसन) भएको थियो। ग्यास्ट्रो सर्जरीका विशेषज्ञ सर्जनले मात्र गर्ने शल्यक्रिया हो यो ।’

बिरामीलाई बेहोस पार्ने ऐनेस्थेसिया मेसिन पनि छैन न त एनेस्थेसिस्ट । औषधिद्वारा बेहोस पार्नुको विकल्प हुन्न । जिल्लामा रक्तसञ्चार केन्द्र नभएकाले चाहिएका बेला रगत पाइँदैन । कक्षभित्र मनिटर र एक्सरे मेसिन छैनन् । ‘आईसीयू, एसआईसीयू त टाढाको कुरा भयो,’ महर्जनले भने, ‘पानी र बिजुलीकै समस्या भइरहन्छ, चाहिएको औषधि पाइँदैन । त्यही कक्षभित्र पहिलोपटक जटिल अप्रेसन गर्दा हामी पनि डराएका थियौं ।’

अस्पताल प्रमुख विश्वकर्माका अनुसार सहरबजारका सुविधासम्पन्न ठूला अस्पतालमा मात्रै सम्भव त्यो तहको शल्यक्रिया गर्न कम्तीमा ५ लाख खर्च लाग्छ । हाल उपलब्ध एमडीजीपी डाक्टर महर्जनलाई निकसाइन संस्थाले जिल्लामा संकट परेका बेला तत्काल गर्नुपर्ने सानातिना शल्यक्रियाका लागि प्रबन्ध गरेको हो । डा. महर्जन, राई, राजेश बर्मा, चूडामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाको समूहले करिब ५ घण्टा लगाएर त्यो जटिल शल्यक्रिया सम्पन्न गर्‍यो । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.