नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासी । नवलपरासीमा बस दुर्घटना हुँदा ६  जनाको मृत्यु भएको छ। ४१ जना गम्भीर घाइते छन् । बसमा करिब ६० यात्रु सवार रहेको प्रहरीको अनुमान छ ।

सुनसरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान करिब साढे पाँच बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको हो । एकजनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुने ६ मध्ये पाँच जनाको पहिचान भएको छ। मृत्यु हुनेमा मोरङ सुन्दरहरैया-१२ का ११वर्षीय सुहन कार्की, सुनसरी घर भइ जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भोजपुर हतुवागढी गाउँपालिकाका २७ वर्षीय रामजित राई, गुल्मी हस्तचौर गाउँपालिका-२ घर भई मोरङ लेटाङमा नेपाली सेनामा कार्यरत ३५ वर्षीय तीलक विष्ट र भारत बिहार श्रीनगरका विधानन्द यादव रहेको पूर्वी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एक जनाको पहिचान हुन सकेको छैन।

गम्भीर घाइते ४१ जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइराखेको छ । प्रहरीका अनुसार बस सडकबाट अनियन्त्रित भएर २० मिटर तल खसेको छ  । अन्य सामान्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.