अब सर्वसाधारणले श्रीपेच हेर्न पाउने

अब सर्वसाधारणले श्रीपेच हेर्न पाउने

काठमाडौं । तत्कालीन शाहवंशीय राजाहरुले लगाउने गरेको श्रीपेच सार्वजनिक भएको छ ।

आममानिसको निकै लामो प्रतिक्षापछि नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

दरबार संग्राहालय अवलोकनका लागि जाने सर्वसाधारणले अबदेखि श्रीपेचको हेर्न पाउने छन् ।

विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, रानीले लगाउने गरेको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।

तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रा छन् ।

श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ ।

राजदण्ड र चमरमा भने सुनैसुन छ । शाह वंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहले यो श्रीपेच लगाएका थिए ।

राजतन्त्रको प्रतिकको रुपमा रहेका श्रीपेच लगाएतका महत्वपूर्ण सामाग्री सुरुमा ज्ञानेन्द्र शाहले सरकारलाई हस्तान्तरण गर्न अस्वीकार गर्दै आएका थिए ।

अन्ततः पूर्वराजा शाहले २०६५ जेठ २९ गते श्रीपेच लगाएतका राजसंस्थाका प्रतिक मानिने सामाग्री सरकारलाई हस्तान्तरण गरेका थिए ।

लामो समयसम्म श्रीपेचलाई डिजिटल पासवर्ड प्रणाली भएको दराजमा राखिएको थियो ।

सरकारले गत जेठमा श्रीपेच प्रदर्शनीको व्यवस्था मिलाउन पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा श्रीपेच अवलोकन समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.