विश्वकपमा कसले जित्ला गोल्डेन बुट?

विश्वकपमा कसले जित्ला गोल्डेन बुट?

एजेन्सी – फुटबलको महाकुम्भ मानिने विश्वकप २०१८ रुसमा जुन १४ देखि सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधिहरु पनि पछ्याइरहेका हुन्छन्, र तीमध्ये सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट पनि एक हो ।

पछिल्लो संस्करणमा गोल्डेन बुटको उपाधि हामेस रोड्रिगेजले जितेका थिए । उनको सो उपाधि जितपश्चात उनी रियल म्याड्रिडसंग आबद्ध भए र अहिले बायर्नसंग रहेका हामेसको करियरले फरक उचाई लिंदै छ । त्यसैगरी २००२ को विश्वकपमा यस उपाधि ब्राजिलियन लेजन्ड रोनाल्डोले जिते भने २००६ मा विश्वकपका सर्वाधिक गोलकर्ता मिरोस्लेभ क्लोजले । २०१० मा थोमस मुलरले यस प्रतिष्ठित उपाधि हात पारेका थिए ।

अहिले आउने विश्वकपमा पनि केही नामहरु यस उपाधि जित्न दाबेदार मानिएका छन् । त्यस्तै हामेसझै अप्रत्याशित विजेता पनि कोही हुन सक्ने अनुमान गरिएको छ ।

विश्व फुटबलका दुई सबैभन्दा ठूला नाम लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई यस उपाधिको दाबेदार मानिएको छ । त्यस्तै ब्राजिलका नेयमार र ग्याब्रियल जेसस दुवै यस उपाधिको होडमा रहने अनुमान लगाइएको छ । जर्मनीका युवा स्ट्राइकर टिमो वेर्नर, इंग्ल्यान्डका कप्तान ह्यारी केन, बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु र उरुग्वेका स्ट्राइकर लुइस स्वारेज सबैलाई प्रवल दाबेदार मानिएको छ ।

भिडियो गेम फिफाले भने यस उपाधि फ्रान्सका एन्टोइन ग्रिजम्यान वा स्पेनका इस्कोले जित्ने अनुमान गरेको छ । इजिप्टका मोहम्मद सालाहलाई पनि केही महिना अघि दाबेदारका रुपमा हेरिएको थियो तर उनी च्याम्पियन्स लिगमा घाइते भएपश्चात उनले केही खेल गुमाउन सक्ने भएकाले अहिले उनी दाबेदारका रुपमा हेरिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.