ओली सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट : १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको राजश्वमुखी बजेट

ओली सरकारको  आर्थिक वर्ष २०७५/७६ को बजेट : १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको  राजश्वमुखी बजेट

विराटनगर ।सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । मंगलबार संसदमा अर्थमन्त्री युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट पेश गरेका हुन् ।

जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ ।बजेटको आकार सही भएपछि दुई तिहाई बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले  संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाखको हुन आउने ६४.३ प्रतिशत र २३.९ प्रतिशत हुने पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँको अनुमानित आय व्यय सुनाएका हुन् । साथै वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रुपैयाँ अर्थात ११.८ प्रतिशत बजेट विनियोजन गरिएको हो । राजश्वलाई मुख्य श्रोत मानेको बजेटमा सोही अनुसार ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र थप ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ वैदेशिक अनुदानबाट जुटाउने लक्ष्य राखेको छ । साथै वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँको श्रोत प्रक्षेपण गरिएको छ ।

बजेटमा पूर्वाधार विकास, यातायात, रेल लगायतका ठूला आयोजनाहरुलाई महत्व दिइएको छ । नयाँ राजमार्गका साथै सुरुङ मार्ग, रेलमार्गका लागि समेत छुट्याइएको छ । यसैगरी भारतसँग सीमा जोडिएका तराई मधेसका जिल्लाहरुलाई मध्यपहाडी राजमार्गसम्म जोड्ने योजना पनि बजेटमा अघि सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.