विराटनगरमा सुमेरु कलाको अन्तर विद्यालय नाटक उत्सवमा एउटै मञ्चमा ९० वटा नाटक मञ्चन

विराटनगरमा सुमेरु कलाको अन्तर विद्यालय नाटक उत्सवमा एउटै मञ्चमा ९० वटा नाटक मञ्चन

विराटनगर । विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव २०७५ आयोजना गरिने भएको छ ।

जेठ ४ गते देखि विराटनगरमा आयोजना हुने वाइवाई नाटक उत्सव १० दिनसम्म सञ्चालन हुने भएको हो । सुमेरु कला सरोवर ललितपुरले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा १० दिन सम्म वाइवाइ नाटक उत्सवको बारे जानकारी गराएको हो ।  विराटनगरको आरोहण गुरुकुल शुशिला नाटक घरमा १० दिनसम्म चल्ने नाटक उत्सवमा मोरङ जिल्लाका १ सय ८ विद्यालयका कक्षा–६ दखी ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहने सुमेरु कला सरोवर ललितपुरका अध्यक्ष सुवलमणी सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार प्रत्येक विद्यालयबाट दुुई–दुुई जना विद्यार्थीको सहभागिता रहने छ । साथै विद्यार्थीहरुले अभियान अन्र्तगत एउटै मन्चबाट ९० वटा नाटक मन्चन गर्ने भएका छन् ।  उत्सवको तयारीका लागी विद्यार्थीहरुलाई यतिवेला कार्यशाला तथा प्रशिक्षण दिने काम भईरहेको छ । सहभागीहरु मध्ये उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीहरूलाई विधागत रुपमा पुरस्कार तथा ट्रफि प्रदान गरिने छ । यस्तै १० जना विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले छात्रबृत्ती पनि प्रदान गरिने आयोजक सुमेरुकला सरोबरले जनाएको छ । नाटक महोत्सवको वाइवाइ चाउचाउले प्रयोजन गरेको छ भने सहआयोजक प्याब्सन मोरङ रहेको छ । गत बर्ष पनि सुमेरु कला सरोबरले सुनसरीमा नाटक महोत्सवको अयोजना गरेको थियो ।  नाटकको तयारीका लागी सरोवरले गत फागुुन –८ गतेदेखी मोरङ जिल्लाका विभिन्न स्कुलमा पुुगेर नाटक कार्यशाला गरिरहेको अध्यक्ष सापकोटाले वताउनुुभयो । विद्यार्थीहरुलाई कलाकार उद्धव सापकोटा, सुुरभी सापकोटा र सविन कटेलले प्रशिक्षण दिईरहनुु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.