मोरङका विध्यालय चिसोका कारण पाँच दिनका लागि बन्द

मोरङका विध्यालय चिसोका कारण पाँच दिनका लागि बन्द

मोरङमा पाँच दिनका लागि विध्यालय अत्यधिक चिसोका कारण बन्द गरिएको छ । जिल्ला शिक्षा समितिले सामुदायिक तथा निजी विध्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो । मोरङका सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले पुस २४ सोमबारबाट लागु हुनेगरी आगामी पुस २८ गतेसम्मका लागि विध्यालय बन्द गरिएको  जानकारी दिए । कट्टेलले चिसो बढेपछि असहज महसुस गर्दै विध्यार्थी विध्यालय आउन छोडेपछि विध्यालय बन्द गर्नु परेको बताए ।उनले चिसो यही अवस्थामा रहेमा वा चिसो थप बढेर विध्यार्थीलाई विध्यालय जाने सहज वातावरण नबनेमा बिदा लम्बिनसक्नेसमेत प्रष्ट पारे ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *