कुशल लिम्बू चुनाबी मैदानमा– जनताको सेवक भएर काम गर्ने मन छ

कुशल लिम्बू चुनाबी मैदानमा– जनताको सेवक भएर काम गर्ने मन छ

उर्लाबारी । मोरङ जिल्लामा सुपरिचित नाम हो, कुलप्रसाद साम्बा (कुशल लिम्बू) । नेकपा माओबादी केन्ऽ मोरङको इन्चार्ज तथा पोलिटब्यूरो सदस्यसमेत रहेका कुशल यतिबेला मोरङ क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । एमाले र माओबादीको संयुक्त वाम गठबन्धनबाट साझा उम्मेद्वार बनेका कुशल चुनाबी मैदानमा उत्रिएका छन् । मोरङ जिल्लाकै दोस्रो ठूलो शहर उर्लाबारी र मिक्लाजुङ गाउापालिका वडा नं. २, ३, ६ , ७, ८ र ९ समेटेर मोङ क्षेत्र नं. १ को (क) निर्धारण गरिएको छ । उक्त क्षेत्रमा चुनाबी कोण सभा र घरदैलो गरिरहेका मिक्लाजुङ–३ निवासी जुझारु, गतिशिल युवा नेता कुशल जनताको सेवक बन्न आएको बताउाछन् । ‘जनताको सेवक भएर काम गर्ने मन छ’ उनी भन्छन्,‘सेवक भएर काम गर्न दिने वा नदिने त्यो अधिकार आम जनताको हातमा छ ।’ चुनाबी सेरोफेरोमा रहेर उनीसाग गरिएको कुराकानी: तपाईको उम्मेद्वारी किन र के का लागि ? –संविधानमा व्यवस्था भएका जनताको मौलिक अधिकार सुनिश्चितता, देशको विकास र जनताको समृद्धिका लागि मेरो उम्मेद्वारी हो । पााच बर्षसम्म स्थायी सरकार र दिगो विकासका लागि बामपन्थीहरुको सरकार बनाउनु पर्छ । ६/६ महिनामा फेरिने सरकारले दिगो विकास हुादैन । तसर्थ देशको आमूल परिर्वतन र आर्थिक विकासका लागि दिगो स्थायी सरकार चाहिन्छ । त्यसैका लागि वामपन्थी शक्तिहरु एक भएका छन् । यस पटक जनताले वामपन्थीहरुको नेतृत्वमा स्थायी सरकार र दिगो विकास चाहेका छन्, त्यो पूरा गर्नका लागि पनि मेरो उम्मेद्वारी हो । चुनाव कस्तो लागिरहेको छ ? –चुनावमय देश बनिरहेको छ । कृषकहरु यतिबेला बाली भित्र्याउने कार्यमा जुटिरहनु भएको छ । तर, पनि उहााहरुले समय मिलाएर देश बनाउने सवाल भएकाले निर्वाचनमा जुटिरहनु भएको । पार्टीका नेता–कार्यकर्ता सबैलाई चुनाव लागेको छ । सबै जनताको घरदैलोमा जान व्यस्त छन् । म स्वयं नै उम्मेदवार छु । त्यसैले पनि चुनाव र भोटबाहेक मेरो दिमागमा अरू केही छैन । म जनताको घरदैलोमा पुगेर भोट मागिरहेको छु । यस क्षेत्रको समस्या र सम्भावना के के देख्नु भएको छ ? – यहााको मुख्य कुरा आयआर्जनको समस्या छ । पर्यटन र औद्योगिक क्षेत्रको सम्भावना भएर पनि यहााका जनताले त्यो उपयोग गर्न पाएका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगारका समस्याहरु छन् । सडक, विजुली वत्तीदेखि गाउामा स्वास्थ्यको पहुाच पुर्याउन सकिरहेको छैन । सुकुम्बासीको समस्या छ भने बर्षौदेखि जोतभोग गर्दै आएको जग्गाको अभफैसम्म लालपूर्जा छैन । यहााका जनता लामो समयदेखि खोलाको समस्यामा छन् । मावा र वक्राहा खोलाबाट पीडितहरुको समस्या अहिलेसम्म पनि सम्वोधन हुन सकेको छैन । तटबन्धनको काम प्रभावकारी भएको छैन । यस क्षेत्रलाई अन्तराष्ट्रिय दातृ निकायको पनि सहयोग जुटाएर सम्वृद्ध बनाउन जरुरी छ । त्यसका लागि म मुखले बोलेर होइन । काम गरेर देखाउाछु । पााच वर्ष भित्रमा यस क्षेत्रलाई म मोरङकै नमुना क्षेत्र बनाउने छु । यहाा औद्योगिक क्षेत्र बनाउने योजना पनि छ । अन्य विकास निर्माणका कुराहरु पनि छन् । त्यसलाई निरन्तता दिादै थप योजना अघि सारेको छु । त्यो सम्भव छ र म पााच वर्ष भित्रमा मोरङ क्षेत्र नम्वर १ लाई नमुना क्षेत्र बनाउन चाहन्छु । तपाईका चुनावी एजेण्डा के के छन् ? – समग्र मोरङ १ नम्वर क्षेत्रको विकासको लागि मैले काम गर्दै आएको छु । शिक्षा, स्वास्थ्य, रोजगारमा जनताको पहुाच हुने योजना ल्याउने छु । त्यसो त यहाा लामो समयदेखि खोलाको समस्या छ । बक्राहा खोला पीडितहरुको समस्या समाधान अहिलेसम्म पनि हुन सकेको छैन । उनीहरुलाई स्थायी समाधान गर्नु कर्तव्यको रुपमा लिएको छु । यस क्षेत्रलाई औद्योगिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको छु । यहाा सडकको कुरा छ, नदी नियनन्त्रणको कुरा छ । साथै वाम गठबन्धनका उम्मेद्वारहरुले स्थानीय स्तरको घोषणा पत्र तयार गरेको छ । घोषणा पत्रमा भएका प्रतिबद्धताहरु अक्षरस पालाना गर्दै जनताको हित हुने कार्यमा सदैव अग्रपंक्तिमा रहेर काम गर्ने छु । मंसिर २१ को सन्दर्भमा तपाईको उम्मेदवारी र विजय हुने आधारहरु के के हुन सक्छन् ? – आम जनताले स्थायी सरकार र दिगो विकास चाहेका छन्, त्यसैले पनि मेरो र सम्पूर्ण वाम गठबन्धनका उम्मेद्वारहरुलाई मतदाताहरुले अत्याधिक मत दिई विजयी गराउनु हुनेछ छ भन्ने मैले विश्वास लिएको छु । यस क्षेत्रको स्थानीय तहको निर्वाचनमा पहिलो एमाले र तेस्रो बनेको माओबादी केन्ऽ एक ठाउामा मिलेपछि पराजित हुने त सम्भावना नै छैन । अर्को कुरा जनताको अधिकार स्थापित गराउन सवालमा वामपन्थी गठबन्धनका उम्मेद्वारवाहेक अरुबाट सम्भव पनि छैन, त्यसअर्थ पनि मेरो र वाम गठबन्धनको जीत सुनिश्चित छ । नेताहरुबीच बामगठबन्धन त भयो । तर, कार्यकर्तामाझ अझै गठबन्धन हुन सकेको छैन नि ? –आम पार्टी कार्यकर्ता र जनताहरुले वाम गठबन्धनका बारेमा धेरै बुझिसक्नु भएको छ । बाम गठबन्धन स्थायी सरकार र दिगो विकासका लागि हो । लामो समयदेखि राजनीतिक अस्थिरता सिर्जना हुादा देशको विकास हुन सकेन । र, परिवर्तनशील शक्ति, केही गर्न सक्ने शक्तिको आवश्यकता महसुस भएर वाम तालमेल भएको हो । यो बामगठबन्धनमा मात्रै सिमित छैन् । पार्टी एकिकरण पनि हुन्छ । देशको आर्थिक विकासका लागि पनि यो गठबन्धन हो । त्यसैले पार्टी कार्यकर्ताहरुले इमान्दारका साथ वाम गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरी अत्याधिक मतका साथ विजयी गराउनेमा म ढुक्क छु । कसैबाट पनि अन्तरघात हुने छैन । यो एक जना उम्मेद्वारको सवाल होइन, देश र जनताको सवाल हो । त्यसअर्थ पनि वाम गठबन्धनलाई आम पार्टी कार्यकर्ता र जनताले बुझ्नु हुनेछ भन्ने मैले अपेक्षा दिएको छु । मोरङ १ (क) का जनतालाई के भन्न चाहानुहुन्छ ? –मोरङ क्षेत्र नं. १ (क) लाई मात्रै हैन, देशभरीका जनतालाई के भन्छु भने परिवर्तनको निम्ति, परिवर्तन मुलुकले चाहेको छ । जनताले चाहेको छ । देशको विकास, देशलाई समृद्धि ल्याउनु आवश्यक छ । बापपन्थीहरुको तालमेलबाट मात्रै सम्भव छ । त्यसकारण मतदान गर्ने बेलामा जनता र देशलाई सोचेर भोट दिनु हुन मेरो अपिल छ । अन्त्यमा केही भन्नु छ की ? –बषौंदेखिको गरिबी र पछौटेपन अन्त्य गर्दै गौरवपूर्ण हतिहासलाई जोगाउादै वर्तमानको सदुपयोग गरी भबिष्य सुनिश्चित गर्नु छ । हाम्रा दुई मूल उद्देश्य छन्, धर्तीको संरक्षण र मानव जातिको सुख–सम्मृद्धि । सम्मृद्ध, समानतायुक्त र सभ्य समाज निर्माण गर्नु छ । छरिएको वामपन्थी शक्तिलाई एक ढिक्का बनाएर निर्वाचनमा विजय प्राप्त गरी राजनैतिक अस्थिरता समाप्त गर्दै मुलुकको विकासलाई तीब्र गतिमा अगाडि बढाउनका लागि यसपालि हामी नेकपा एमाले र नेकपा माओबादी केन्ऽ एकजुट भएका छौं । तपाईहरु सबैले कुनै प्रकारको अलमल नगरी, झठा आश्वासन र प्रलोभनमा नपरी निर्धक्कसाथ वाम गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरी विजयी गराउनु हुन अनुरोध गर्दछु । साथै मलाई मोरङ क्षेत्र नं. १ (क) बाट गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्हमा मतदान गरी अत्याधिक मतका साथ विजयी गराउनु हुन सम्पूर्ण आम मतदाता महानुभावहरुमा अपिल गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.