भरतपुरकाण्डः कसरी आयो निर्वाचन आयोगको ‘आश्चर्यजनक’ निर्णय ?

भरतपुरकाण्डः कसरी आयो निर्वाचन आयोगको ‘आश्चर्यजनक’ निर्णय ?

काठमाडौँ । निर्वाचन आयोगले चितवनको भरतपुर महानरगरपालिको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ । भरतपुरमा पुनः मतदान गर्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीबीच नै भाँडभैलो भएको खुलासा भएको छ । भरतपुरमा मतगणना अघि बढाउने कि १९ नम्बर वडामा पुनः चुनाव गर्ने भन्ने विषयमा प्रमुख निर्वाचन आयुक्त र सदस्यहरुबीच चरम मतभेद देखिएको हो ।

आयोगका एक पदाधिकारीका अनुसार, प्रमुख आयुक्त अयोधीप्रसाद यादव पुनः चुनाव गर्नुपर्ने पक्षमा उभिएका थिए । उनकै दबाबमा ५ दिनसम्म आयोग अनिर्णित बनेको थियो ।

यसअघि शुक्रबारको बैठकमा पनि आयोगका पदाधिकारीबीच चर्को बिबाद भएको थियो । बिवादकै कारण शुक्रबारको बैठक निष्कर्षविहीन बनेको थियो । प्रमुख आयुक्त यादव कुनै पनि हालतमा मतदान गराउने पक्षमा उभिएपछि अन्ततः शनिबार आयोगले पुनः मतदानमा जाने निर्णय गरेको छ । तर, यादवको निर्णयलाई चुनौती दिँदै आयुक्त नरेन्द्र दाहालले गम्भीर असहमति जनाएका छन् । पुनः मतदान गराउने उद्देश्यले नै मतपत्र च्यातिएको भन्दै दाहालले आयोगको निर्णयले गलत प्रवृत्तिलाई साथ दिने बताए ।

भरतपुर घटनाका विषयमा सहमहान्यायाधिक्ता गिताप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि लगातार आयोगको बैठक बसेको थियो ।

नेकपा एमालेले मतगणनाको माग गर्दै संसद अबरुद्ध गरिसकेको छ । अन्यथा भए देशभर चुनाव नहुने र भरतपरका मेयरका उम्मेदवार ज्ञवालीलाई मेयर घोषणा गर्ने एमालेले चेतावनी दिइसकेको छ । काँग्रेस र माओवादी भने चुनाव गर्नुपर्ने पक्षमा थिए ।

विज्ञप्तीको पूर्णपाठ
प्रेस विज्ञप्ति
मिति : २०७४।२।२०
संवत् २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तह अन्तर्गत गाउँपालिका÷नगरपालिका निर्वाचनमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणनाको क्रममा मतगणना स्थलमा मतपत्र च्याती मतगणना स्थगन भएको सन्दर्भमा आयोगको मिति २०७४÷२÷२० गते बसेको बैठकले देहाय अनुसार गर्न मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका, चितवनलाई निर्देशन दिने निर्णय गरेको छ ।
आयोगको निर्णय
“२०७४ बैशाख ३१ गते पहिलो चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचन मध्ये प्रदेश नं. ३ अन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको अवस्थामा वडा नं. १९ को मतगणनाको क्रममा मतगणना स्थलमा उपस्थित उम्मेदवारका प्रतिनिधिहरू मध्ये केहिले मतगणना स्थलमा प्रवेश गरी गणना भएका र नभएका गरी सयौं मतपत्र च्यात्ने काम गरी मतगणना स्थल रणभूमितुल्य बनाई असामान्य अवस्था सिर्जना भएकोले काबु बाहिरको परिस्थिति परी तत्काल मतगणना कार्य स्थगन राखी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम प्रतिवेदन पेश गरेको व्यहोरा जानकारी गराउँदै भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतबाट २०७४÷२÷१५ मा पत्र पठाएको ।
आयोगको मिति २०७४÷२÷१५ को निर्णयानुसार उपरोक्त घटना सम्बन्धमा स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणना स्थलमा खटिएका सशस्त्र प्रहरीका टोली प्रमुख र सम्भव भएसम्म राजनीतिक दलहरूसँग समेत छलफल गरी के कसो भएको हो ? सत्य तथ्य बुझी २०७४÷२÷१७ गतेभित्र आयोगमा प्रतिवेदन पेश गर्न स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (३) बमोजिम आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा अनुगमन टोली पठाइएको ।
आयोगको च.नं. ०७३÷७४ नि.२.२÷२२६ मिति २०७४÷२÷१७ को पत्रबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्र सङ्ख्या एकिन गरी प्रतिवेदन पठाउनु भनी निर्देशन दिएकोमा चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख समेतलाई रोहवरमा राखी मतपत्र जाँच गरी च्यातिई नोक्सान भएका मतपत्र संख्या ९० रहेको भनी मिति २०७४÷२÷१८ को पत्रबाट उल्लेख भइआएको ।
प्रस्तुत विषयमा आयोगले उल्लेखित प्रतिवेदनको अध्ययन गर्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने ।
सोही ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने ।”
(सूर्यप्रसाद शर्मा)
सहसचिव एवं प्रवक्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.