बिराटनगर । कोशी प्रदेशको राजधानीमा रहेको विराटनगर विमानस्थललाई विस्तार गरी क्षेत्रीय अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्नुपर्ने सुझाव यस क्षेत्रका पर्यटन व्यवसायी एवं उद्यमीले दिएका छन् ।

 

नेपाल टुरिजम फेडरेशन केन्द्रिय कार्यालय बिराटनगरले नेपाल पत्रकार महासंघको सभाहलमा एक कार्याक्रम आयोजित पत्रकार सम्मेलनमा विराटनगरबाट छिमेकी देश भारतका विभिन्न शहर,वंगलादेश, भूटान, चीन, म्यानमार, थाइलैण्ड, लावस र भेयतनाम लगायत देशका पर्यटक आगाममन वृद्धिका लागि क्षेत्रीयस्तरीय अन्तर्राष्ट्रिय हवाई शुरु गर्नुपर्ने जोड दिएका छन् ।

फेडरेशनका केन्दिय अध्यक्ष रेवतबहादुर थापाले कोशी प्रदेशमा रहेका हिमश्रृङ्खला, हिमाली उडान, धार्मिक पर्यटकीय स्थल जस्ता महत्वपूर्ण क्षेत्रमा पर्यटक आवागम वृद्धि गर्न समेत अन्तर्राष्ट्रिय उडान जरुरी रहेको विचार व्यक्त गर्नु भयो ।

उहाँले पर्यटकको आवागम वृद्धिले यस क्षेत्रका जनताले रोजगारी, समृद्धि र राज्यले समेत विदेशी मुद्रा आर्जन गरी वैदेशीक व्यापार घाटा न्यूनिकरणमा सघाउ पुग्ने विचार राख्नु भयो ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशीका प्रमुख पवन शारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले यस क्षेत्रमा कार्र्गो रेल, अन्तरप्रदेश तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न राजनीनिक दल संवेदनशील हुनुपर्ने सुझाव दिनु भयो ।
विराटनगरवाट २० वर्ष अगाडि नेकोन एयरले केही समय भारतको कोलकोत्ताका लागि हवाई उडान सञ्चालन गरेको थियो ।