लाइसेन्स लिन लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने

लाइसेन्स लिन लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने

काठमाडौं । सवारी–साधन अनुमतिपत्र लिनका लागि  लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ ।

यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउने व्यक्तिलाई सवारी–साधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रबारदेखि गरेको हो ।

यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ ।

यसअघि, सवारी–साधन अनुमतिपत्र लिँदा १०० पूर्णांकमध्ये १९ लब्धांकको विषयगत र ८१ लब्धांकको वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने हुन्थ्यो । त्यसमा ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने गरेका थिए ।विभागले लिखित परीक्षा दिएर अनुमतिपत्र लिएका चालकलाई फेरि अनुमतिपत्र लिँदा परीक्षा दिनु नपर्ने व्यवस्था गरेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.