प्रधानमन्त्री कप: कोशीलाई २५ रनमा अल आउट गर्दै गण्डकीको पहिलो जित

प्रधानमन्त्री कप: कोशीलाई २५ रनमा अल आउट गर्दै गण्डकीको पहिलो जित

७ माघ, काठमाडौं । कप्तान विपिन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई २५ रनमा अल आउट गर्दै पहिलो जित हात पारेको छ । गण्डकी १ सय ४२ रनले विजयी हुँदा कोशीको लगातार छैटौं हार हो । जितको लागि १६८ रनको विजयी लक्ष्य पछ्याएको कोशी १५।२ ओभरमा २५ रनमा अल आउट भयो ।

यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल हो । यसअघि नेपाल एपीएफ क्लबले २०१९ को सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४१ रनमा अल आउट गरेको थियो । कोशीका कप्तान अंकित सुवेदीले ६ बलमा २ चौकासहित सर्वाधिक ८ रन बनाए । कोशीका चार खेलाडीले खाता नै खोल्न सकेनन् ।

गण्डकीका विपिन खत्रीले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । सन्दीप पराजुलीले ३।२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए ।त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी ४८।२ ओभरमा १६७ रनमा अल आउट भएको थियो । गण्डकीका मुश्कान थापाले १ सय २२ बलमा ७ चौकासहित सर्वाधिक ६७ रनको महत्वपूर्ण अर्धशतकीय इनिङ खेले ।

६ विकेट लिएका विपिन खत्रीले ७१ बलमा ५ चौका र १ छक्कासहित ४२ रन जोडेका थिए । एक समय ७३९६ को अवस्थामा पुगेको गण्डकीलाई सातौं विकेटका लागि विपिन र मुश्कानले ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

कोशीका बायाँ हाते तीव्र गतिका बलर अभ्यास तिमिशिनाले ९।२ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ६ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । कोशी लगातार छैटौं हार हो । यो हारसँगै कोशी शीर्ष चार दौडबाट पनि बाहिरिएको छ । गण्डकी भने ४ खेलमा १ मा जित र ३ मा हारसहित नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.