कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी अाफ्नै श्रीमतीको हत्या गरेका छन् ।

राति आपसी झगडा हुँदा ४० वर्षीया वसन्त परियारले ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदूरी गरी खाने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । गए राति छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् ।