कोशी प्रदेशका १०९ स्थानमा डढेलो, नियन्त्रण चुनौतीपूर्ण

कोशी प्रदेशका १०९ स्थानमा डढेलो, नियन्त्रण चुनौतीपूर्ण

विराटनगर । दुई दिनअघि भोजपुरको हतुवागढी ७ पिप्लेमा भएको आगलागीमा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भयो । प्रहरीका अनुसार आगलागीमा ५ वर्षका प्रनिष कार्की, ७ वर्षीय बालिका दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको मृत्यु भएको हो ।

उनीहरू एकै परिवारका हुन् । घरको खोल्मामा बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरूको मृत्यु भएको थियो । प्रहरीको तथ्याङ्कले पनि एक महिना यता आगलागीमा ५ जनाको मृत्यु र घाइतेको संख्या १६ पुगेको छ । त्यसैगरी गएको शनिवार मोरङको रंगेली नगरपालिका–३ बावुसाहेब टोलका २० घर जलेर खरानी भयो । आगलागीले कोशी प्रदेशका धेरै जिल्ला प्रभावित छन् ।

गर्मी बढेसँगै पछिल्लो समय कोशी प्रदेशमा दैनिक जसो आगलागी घटना बढ्न थालेका छन् । तर नियन्त्रण चुनौतीपूर्ण बनेको छ । विभिन्न कारण हुने आगलागीका यस्ता घटनाले बस्ती नै जल्दा मानवीय र भौतिक क्षति पनि उत्तिकै बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.