मालवाहक रेल सेवाले निरन्तरता पाउन नसकेपछि विराटनगरका व्यापारी निराश

मालवाहक रेल सेवाले निरन्तरता पाउन नसकेपछि विराटनगरका व्यापारी निराश

काठमाडौं। भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म मालवाहक रेल सेवाले निरन्तरता पाउन नसकेपछि स्थानीय व्यापारी निराश भएका छन् । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि गत जेठ १८ मा एकपटक विराटनगर आइपुगेको कार्गो रेल सेवा पुनः फर्किएन ।

गत जेठ १८ गते बथनाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु ९आईसीपी०मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म आठ किलोमिटर दूरीको रेल चलेपछि धेरैमा उत्साह छाएको थियो । भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल विराटनगर आएपछि उत्साहित बनेका नेपाली उद्योगीहरू अहिले निराश छन् । आरती स्ट्रिप्सको औद्योगिक कच्चा पदार्थ झारेर जेठ १९ गते भारत फर्किएको मालवाहक रेल फेरि नफर्किएपछि उद्योगीमा निराशा छाएको हो ।

आयातको लागत न्यूनीकरण हुने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको नेपाल–भारत कार्गो रेल अहिले अलपत्र बनेको छ । नेपालले भारतसँग गरेको रुट सम्झौता बमोजिम सिमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको विराटनगरका उद्योगीहरूले बताएका छन् ।

उद्योगी पवन सारडाले सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गोरेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको छ । रेल सञ्चालनमा आउनुअघि दुवै देशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सन्धिमा कोलकत्ता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर तथा कोइला, क्लिंकर र सिमेन्ट मात्र आयात गर्न पाउने विषय उल्लेख छ । नजिकको बन्दरगाहबाट सीमित मालवस्तु मात्र आयात गर्न दिने सरकारको त्रुटिपूर्ण सम्झौताकै कारण ‘मालवाहक रेल पुनः सञ्चालनमा आउन नसकेको उद्योगीहरू बताउँछन् ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गोरेल पुनः सञ्चालनका लागि कोलकत्ताबाट सबै प्रकारका मालवस्तु आयातको अनुमति दिनुपर्ने बताए । कार्गोरेल सञ्चालनमा नआउनुको अर्को मुख्य कारण लोडिङ–अनलोडिङको लागत हो । विराटनगर भन्सारमा कार्गो व्यवस्थापनको जिम्मा पाएको ट्रान्स नेपालको लोडिङ–अनलोडिङ चार्ज भारतको तुलनामा निकै महँगो रहेको उद्योगीको गुनासो छ ।

अहिले उद्योगीहरूले भारतबाट आयातित सामान भारतीय भन्सारमै अनलोड गरेर स्थलमार्र्गबाट आयात गर्दै आएका छन् । त्यसरी गरिएको आयात २०० रुपैयाँ प्रतिमेट्रिकटनले सस्तो परिरहेको उनीहरूको तर्क छ । यता बथनाहा–विराटनगर कार्गोरेल पुनः सञ्चालनको विषयमा भने आवश्यक पहल भइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।कोलकत्ता बन्दरगाहबाट सबै प्रकारका मालसामान आयात गर्न पाउने व्यवस्था मिलाउन सरोकारवाला मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरिरहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बताए ।

भारतले पछिल्लो समय विशाखापटनम बन्दरगाहलाई विशेष महत्व दिएर कार्गोरेल सञ्चालन गरिरहेको छ । नेपालले पनि विशाखापटनम बन्दरगाह नै प्रयोग गरोस् भन्ने भारतको चाहना छ । तर विशाखापटनमबाट गरिने आयात कोलकत्ताको तुलनामा लागतको दृष्टिकोणले निकै खर्चिलो पर्ने भएकाले उद्योगीहरू त्यसका लागि तयार नदेखिएका हुन् । –न्युज एजेन्सी नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.