क्यानडाविरुद्ध नेपालको दोस्रो जित, तीन ब्याटरले अर्धशतक बनाए

क्यानडाविरुद्ध नेपालको दोस्रो जित, तीन ब्याटरले अर्धशतक बनाए

काठमाडौं । तीन ब्याटरको अर्धशतकप्रेरित नेपालले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडाविरुद्ध चार विकेटको जित निकालेको छ ।शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेलअगावै जितेको छ । पहिलो खेलमा नेपालले सात रनको जित निकालेको थियो ।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेल, देव खनाल र ओपनर अनिल साहले अर्धशतक बनाए । कप्तान रोहितले सर्वाधिक ८७ रन बनाए । १०१ बलमा आठ चौका र एक छक्का हिर्काएका रोहितलाई क्यानडाका कप्तान साद बिन जहादले विकेटकिपर मोभाबाट क्याच गराएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान रोहितको यो नवौँ अर्धशतक हो ।

६४र२ को अवस्थाबाट रोहितले तेस्रो विकेटका निम्ति देव खनालसँग १५० रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि नेपालले बनाएको यो सबैभन्दा ठूलो साझेदारी समेत हो । चौथो नम्बरमा ब्याटिङमा आएका देवले ७६ रन बनाए । उनले ८१ बलमा सात चौका र दुई छक्का हिर्काए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा देवको यो तेस्रो अर्धशतक हो ।

यस्तै, दुई वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलले कीर्तिमानी ब्याटिङ गर्दै ५० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए । योसँगै अनिल नेपाली टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने ब्याटर समेत बने ।

२०औँ बलमा क्यानडाका इश्वरजोत सोहीबाट एलबीडब्ल्यूको धरापमा परेका अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफले यसअघि २१ बलमा अर्धशतक बनाएका थिए । २५ वर्षीय अनिलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो अर्धशतक समेत हो ।अनिल र आसिफले २६ बलमा ५० रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुआत दिलाएका थिए । आसिफ १० रन बनाएर आउट भए ।

पाँचौँ नम्बरमा क्रिजमा पुगेका भीम सार्कीले २१ बलमा २३ रनको योगदान गरे । पवन सर्राफले १४ रन बनाए । क्यानडाका हर्ष थाकेर र इश्वरजोत सोहीले दुईरदुई विकेट लिए । कप्तान साद र दिलप्रित बज्वाले समान एक विकेट हात पारे । यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

क्यानडाका ओपनर जोन्सनले सर्वाधिक ६५ रन बनाए । उनले ६२ बलमा १० चौका र दुई छक्का प्रहार गरे । जोन्सनले पहिलो विकेटका निम्ति अर्का ओपनर नवतिन धलिवालसँग १८।२ ओभरमा ९४ रनको साझेदारी गर्दै क्यानडालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । धलिवालले ६० बलमा आठ चौकासहित ४६ रन बनाए ।

श्रेया मोभाले ४० र पर्गत सिंहले ३८ रन थपे । निकोलस किर्टोन र उदय भगवानले समान २० रन जोडे । दिलप्रिच बज्वाले १९ र साहिद अहमदजाईले १३ रन बनाए । क्यानडाबाट क्याटिङका निम्ति आएका १० मध्ये आठ ब्याटरले दोहोरो अंकमा रन जोडेका थिए ।

नेपालका कप्तान पौडेल र कुशल मल्ले समान दुई विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र ‘डेब्युट्यान्ट’ आकाश चन्दले समान एक विकेट लिए । नेपाली सिनियर राष्ट्रिय टिमबाट पहिलो खेल खेलेका आकाशले पाँच ओभरमा ३१ रन खर्चिए । जितसँगै नेपालले तीन खेलको शृंखला अन्तिम खेलअगावै २–० ले जितेको छ । अब यी दुई टिमबीचको अन्तिम खेल आउँदो सोमबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.