फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार
सङ्खुवासभा बाढीपहिरो : बेपत्ताको खोजी जारी

खाँदबारी । सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिराबाट बेपत्ता भएकाहरुको खोजी आज पनि जारी छ । बाढी पहिरामा परेर बेपत्ता भएकाहरुको खोज जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका  प्रहरी नायव उपरीक्षक  वीरेन्द्र गोदारले […]

धनकुटाको साँगुरीगढीस्थित ध्वजे डाँडामा २२ देशको झन्डा

धनकुटा। पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ । गाउँपालिकाले आज एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झन्डा फहराइएको छ । झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिनुभयो […]

कोशी प्रदेश मन्त्रिपरिषद् निर्णय : बाढी पहिराबाट मृत्यु हुनेलाई एक लाख राहत

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई रु. एक लाख र घाइतेलाई उपचारका रु ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो । त्यसैगरी, बैठकले कोशी प्रदेश […]

नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात

काठमाडौं । विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो । बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालन प्रबन्धक शालिकराम खत्रीका अनुसार खेलमा रुचि राख्ने र यसैलाई करिअर बनाउन […]

कोशी प्रदेश सरकार र पुनःनामकरण संघर्ष समिति निरन्तर वार्ता गरेर सहमतिमा पुग्ने

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनःनामकरण संयुक्त संघर्ष समितिबीच भएको वार्ता सकारात्मक भएको छ ।वार्तापछि कुरा गर्दै सरकारकातर्फबाट वार्ता समितिका संयोजक तथा खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले आगामी दिनमा फेरि बैठक बस्ने गरी आजको वार्तामा सहमति भएको जानकारी दिनुभयो । वार्ताका क्रममा विषयवस्तुमाथि छलफल तथा आगामी दिनमा सहमतिमै निरन्तर वार्ताको […]

नेपालमा खाद्य असुरक्षा र कुपोषण बढेको ‘ग्लोबल फुड पोलिसी रिपोर्ट’ को दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा खाद्य असुरक्षा र कुपोषण बढेको दाबी गरेको छ । आज सार्वजनिक गरिएको प्रतिष्ठानको ‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा नेपाल र दक्षिण एसिया क्षेत्रमासमेत कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको देखाएको हो । एकीकृत विकास अध्ययन केन्द्र (आइआइडिएस), बहुपक्षीय प्राविधिक […]

सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भएको अर्थमन्त्री डा. महतको भनाइ

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताउनुभएको छ । मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महतले सामाजिक सुरक्षासँगै सार्वजनिक ऋणको साँवाब्याजको दायित्व बढेकाले पुँजीगत शीर्षकमा कम बजेट बिनियोजन भएको बताउनुभएको हो । उहाँले अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने बताउनुभयो । […]

विपत्जन्य घटना : पूर्वी नेपालमा वितण्डा, तिनको मृत्यु २९ बेपत्ता

विराटनगर । लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिनुभएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर […]

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आआइतवारपत्रकार सम्मेलन गर्दै यही असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानतः ७७ वटै जिल्ला, सातवटै प्रदेश […]

मेयर बालेनले काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन रोक्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले अनलाइनखबरसँग जानकारी दिएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । ‘मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौं महानगरका […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.