माहेश्वरी महिला मञ्चद्धारा महानगरका करिब ३ सय ५० जनाको आँखाको परीक्षण र मोतियाविन्दुको शल्यक्रिया सम्पन्न

माहेश्वरी महिला मञ्चद्धारा महानगरका करिब ३ सय ५० जनाको आँखाको परीक्षण र मोतियाविन्दुको शल्यक्रिया सम्पन्न

बिराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगर महानगरपालिकाका ३०५ जनाको आँखाको परीक्षण र ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ ।
मञ्चले रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानसितको सहकार्यमा आँखाको निःशुल्क परीक्षण र शल्यक्रिया गराएको हो ।
मञ्चले बिरामीलाई आवश्यक औषधी पनि निःशुल्क वितरण गरेको छ ।
मञ्चका आयोजनामा महानगरपालिकाको वडा नम्बर १ स्थित सयपत्री आधारभूत विद्यालयमा भएको आँखा शिविरमा प्रतिष्ठानका चिकित्सक रुचि शाहका नेतृत्वको टोलीले बिरामीको आँखा परीक्षण गरेको थियो ।
परीक्षणमा ४५ बिरामीमा मोतियाविन्दु भएको पाइएको थियो । उनीहरूको मोतियाविन्दुको शल्यक्रिया रामलाल गोल्छा आँखा अस्पतालमा गरिएको मञ्चका अध्यक्ष पूनम राठीले जानकारी दिइन् । कार्यक्रममा मञ्चले अस्पताल प्रतिष्ठानलाई प्रदान गरेको सम्मानपत्र प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गोल्छाले ग्रहण गरेका थिए ।
अखिल भारतीय माहेश्वरी महिला संगठनका उपाध्यक्ष गिरिजा शारडाले गोल्छालाई सम्मानपत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा मञ्चका अध्यक्ष राठीले हामीलाई यस सुन्दर संसारको दर्शन गराउने अङ्ग दुई आँखा नै भएको धारणा व्यक्त गरिन् ।
राठीले समाजका धेरै व्यक्तिमा अशिक्षा र हेल्चेक््रयाइँका कारणले आँखाको समस्या भएको चर्चा गरिन् । कार्यक्रममा विद्यालयका ७५ विद्यार्थीलाई स्वेटर वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.