युरोपा लिग फुटबलः म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

युरोपा लिग फुटबलः म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

इङलिश प्रिमियर क्लव म्यानचेष्टर युनाइटेड युरोपा लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको राउन्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा रसियन क्लव एफसी रोस्तोभलाई १–० ले हराउँदै म्यानचेस्टर क्वार्टरफाइनलमा पुगेको हो ।
म्यानचेस्टरलाई विजयी गराउन हुँवा माटाले ७० औं मिनेटमा निर्णायक गोल गरे । यसअघि पहिलो लेगमा रोस्तोभको मैदानमा भएको खेलमा १–१ गोलको बराबरी गरेको म्यानचेस्टरले एग्रिगेटमा २–१ को जित निकाल्दै अन्तिम आठमा पुगेको हो ।
दोस्रो लेगको खेलमा म्यानचेस्टर म्यानेजर होजे मौरिन्होले डिफेन्डर मार्कोस रोजोलाई खेलका क्रममा केरा खान दिएको प्रसंग यतिबेला खुवै भाइरल भएको छ । यसअघि चेल्सीसंग बेहोरेको हारले पीडित बनेको म्यानचेस्टरले रोस्तोभविरुद्ध पाँच खेलाडी परिवर्तन गरेको थियो ।
युरोपा लिगमा बेसिक्तास, आयाक्स, सेल्टा भिगो, जेन्क, एन्डरलेच र शाल्का पनि क्वार्टरफाइनलमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.