विराटनगर, मंसिर २१ । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएसंगै मृतकको संख्या ३ पुगेको हो । यसअघि घटनास्थलमै जलेर ज्यान गुमाउने सुशीला पासवान र आगलागीमा परेर गम्भीर घाइते दीपक मण्डलको उपचारकाक्रममा ज्यान गएको हो ।

थप घाइते ३ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।