बसन्तपुरमा हुने जनसभामा १५ हजार सहभागी गराउने एमाले कोशी प्रदेशको तयारी

बसन्तपुरमा हुने जनसभामा १५ हजार सहभागी गराउने एमाले कोशी प्रदेशको तयारी

तेह्रथुम बसन्तपुर । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्गर्तत अभियानको १५ औं दिन तेह्रथुमको बसन्तपुरमा हुने जनसभामा १५ हजार सहभागी गराउने नेकपा (एमाले) कोशी प्रदेश कमिटीले तयारी गरेकोछ ।

शनिबार बसन्तपुरमा आयोजना गरेको तयारी बैठकले १५ हजार जनसभागीता गराउने र सभालाई व्यवस्थित गर्न ५ सय स्वयमसेवक परिचालन गर्ने लगायतका निर्णय गरेको नेकपा ९एमाले० कोशी प्रदेश सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी गराउनुभयो ।

बैठकले बसन्तपुरमा हुने सभालाई भव्य र व्यवस्थित गर्न कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङको संयोजकत्वमा लक्ष्मण तिवारी सहसंयोजक रहेको १ सय १ सदस्यीय मूल व्यवस्थापन कमिटी निर्माण गरेकोछ । तेह्रथुमकै युवा नेता बाबुराम थापाको संयोजकत्वमा ११ सदस्यीय स्वयम्सेवक उपसमिति गठन भएकोछ । त्यस्तै मोहन डांगीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उप समिति गठन भएकोछ । शिव ढुंगानको संयोजकत्वमा स्वास्थ्य उप समिति गठन भएकोछ ।

बैठकले कोशी प्रदेशको विकास र समृद्धिका लागि कोशी प्रदेशमा रहेका पार्टीका केन्द्रीय नेतृत्वको परामर्शमा दुरगामी खाका तयार पार्नका लागि नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई जिम्मेवारी दिइएकोछ । कोशी प्रदेशको विकास र समृद्धिको खाका मंसिर २८ गते बुन्तपुरमा हुने जनसभामा पार्टीका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रस्तुत गरिनेछ ।

तयारी यस्तो छ:

कोशी प्रदेशभीत्र हुने हरेक आमसभाहरुमा न्युनतम २५ हजार जनसहभागी रहने नेकपा (एमाले) कोशी प्रदेशले तयारी गरेकोछ । हरेक सभाहरुमा पार्टीका सबै जनसंगठनहरुलाई परिचालन गरिनेछन्, ठाँउ विशेषका जातीय झाँकी सहितका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी गराउनु भयो ।

कोशी प्रदेश अन्तर्गतका सडकहरु घुर्मि, हर्कपुर, हलेशी, दित्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङलुङ, संक्राति बजार, छातेढुंगा, चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरु निर्माण गरिने र हरेक कार्यक्रमहरुमा स्वयम्सेवकहरुले प्रत्यक्ष निगरानी राख्ने र सम्पूर्ण कार्यक्रमको सुरक्षामा स्वयम्सेवकहरु परिचालन हुने स्वयंसेवक उपसमितिका संयोजक तथा कोशी प्रदेश सदस्य बाबुराम थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.