विराटनगरमा विशाल नशामुक्ति जनजागरण पदयात्रा

विराटनगरमा विशाल नशामुक्ति जनजागरण पदयात्रा

भगवती मानव कल्याण संगठनले “नशामुक्त नेपाल खुशीयाली नेपाल” को मुल नारा सहित बिराटनगरमा विशाल नशामुक्ति र्‍याली सम्पन्न गरेको छ।

समाजलाई नशामुक्त गर्न जनचेतना फैलाउने तथा सरोकारवाला निकायलाई खबरदारी गर्ने लक्ष्य सहित संगठनले जनजागरण पदयात्रा गरेको हो । बरगाछी स्थित बासुकीनाथ मन्दिर परिसरबाट शुरु भएको र्‍याली तिनपैनी चोक, तापडिया आँखा अस्पताल, जिल्ला प्रसासन कार्यालय, रंगेली रोड, गोल्छा हाउस हुँदै पुन: बासुकीधाम परिसरमा नै समापन भएको थियो । नशामुक्ती पदयात्रामा ४ सय भन्दा बढिको उपस्थिति रहेको थियो। नेपाल तथा भारत गरि ५० लाख भन्दा बढिलाई निशुल्क रुपमा नशामुक्त गर्नुभएका युग चेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजको निर्देशनमा आयोजीत पदयात्रा “नशामुक्त जिवन अपनाऔँ, जिवन आफ्नो सफल बनाऔँ”, “सत्य धर्म निर्माण गर्नेछौँ, मानवको कल्याण गर्नेछौँ”, “नशाले लिन्छ ज्यान आजै छाडौं” लगायतका सयौँ प्लेकार्डका साथ अघि बढेको थियो।

कार्यक्रममा संगठनका केन्द्रिय महासचिव अजय योगभारतीले समाज पतनको मुख्य कारण नशा रहेकाले समाजलाई नशामुक्त नगरि कुनै पनि प्रकारका परिवर्तन सम्भव नहुने बताउनुभयो। यस्तै संगठनका नेपाल सचिव विकास योगभारतीले यसै अभियान अन्तर्गत टंकिसिनुवारी, भाथिगछ, मलहङवा, बखरी, खोरिया लगायत बिराटनगरका बिभिन्न स्थानबाट सयौं व्यक्तिलाई नशामुक्त गराइसकेको जानकारी दिनुभयो।

नशामुक्ति अभियान अन्तर्गत काठमाडौ, भक्तपुर, ललितपुर, काभ्रे, मोरङ्ग, पाल्पा, सप्तरी, सुनसरी, लगायतका जिल्ल्लाहरुबाट पछिल्लो १ बर्षमा सयौं व्यक्तिहरु पुर्ण रुपमा नशामुक्त भइसकेको तथा हजारौको जिवनमा क्रमिक सुधार भइरहेको संगठनको दावी गरेको छ।  यस्तै नशामा डुबेका दर्जनौ व्यक्तिहरु नशामुक्त भएर समाज सुधारमा संलग्न भएका छन्।

final

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *