सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती

सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती

इनरुवा, १७ कात्तिक ।  सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसँै सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।
 इनरुवाका किसान गौरी यादवले दसँैअगाडि धान बाली भित्र्याएरपछि अहिले आलु रोप्नका लागि चटारो रहेको बताउनुभयो ।  हरिनगरका चन्दन मेहताले भन्नुभयो “ आलु रोप्न भ्याइनभ्याइ छ ।”
यहाँका कृषकले हिउँदे बालीका रुपमा मुख्यतः आलुखेती नै गर्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो ।  आलुको माग बजारमा उच्च भएपछि किसान थप व्यावसायिक रूपमा आलु खेतीमा लाग्ने गरेको स्थानीय कृषकले बताएका छन् । जिल्लामा एउटा किसानले एक कट्ठादेखि पाँच बिघा क्षेत्रफलसम्म आलु खेती गर्ने गरेको छ ।
विगतमा परम्परागत पुरानो आलुको बीउ लगाउँदै आएको किसान अहिले नयाँ जातको बीउ लगाउन थालेका छन् । यहाँका किसानले मुख्यतः काडिनल, जनक, कुफरी जपि, भुटानी, सठिया, टिपिएस लगायतका जातका आलु लगाउने गरेको ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले जानकारी दिनुभयो ।
यहाँको आलु सदरमुकाम इनरुवा हुँदै अन्य मुख्य तरकारी बजारमा बिक्री हुने गरेकाले बजारको अभाव नरहेको कृषकको भनाइ छ । यहाँ वार्षिक रुपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.