कञ्चनपुर घटनालाई लिएर विराटनगरमा जलाइयो मोदीको पुत्ला

कञ्चनपुर घटनालाई लिएर विराटनगरमा जलाइयो मोदीको पुत्ला

विराटनगर । भारतीय सिमा सुरक्षा वल (एसएसवी) ले नेपाली युवकको गोली हानेर हत्या गरेको विरोधमा विराटनगरमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको छ।
कञ्चनपुर जिल्लाको आनन्दनगरमा युवक गोविन्द गौतमको एसएसवीको गोली लागी मृत्युभएपछि युवाहरुको आक्रोस चरम उत्कर्षमा पुगेको थियो । उनीहरुले भारतीय पक्षबाट पटक पटक हुनेगरेको अतिक्रमण असह्य भएको भन्दै गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेका थिए। भारतीय ज्यादति नरोकिए सिमा क्षेत्रमै आन्दोलन गर्ने विद्यार्थीहरुको चेतावनी थियो ।

नेपाल तर्फको भू–भागमा कल्भर्ट बनाउने क्रममा एसएसवीले अवरोध गरेपछि नेपाली पक्षले त्यसको विरोध जनाएका थिए । सोही क्रममा एसएसवीले गोली हानेको बताइएको छ । ३० बर्षिय गौतमको एसएसवीले हानेको गोली लागेपछि उपचारका क्रममै मृत्यू भएको थियो । यसैबीच एसएसवीले गोली हानेर हत्या गरिएका गोविन्द गौतमलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ ।
गौतम परिवारलाई तत्काल १० लाख रुपैंया राहत उपलब्ध गराउने र सन्ततीलाई नि:शुल्क पठनपाठनको व्यवस्था गरिएको सरकारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.