माहेश्वरी महिला मञ्च विराटनगरले ७० विद्यार्थीको दाँत-मुखको परीक्षण गर्यो

माहेश्वरी महिला मञ्च विराटनगरले ७० विद्यार्थीको दाँत-मुखको परीक्षण गर्यो

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले विराटनगरको एक आधारभूत विद्यालयका ७० विद्यार्थीको दाँत तथा मुख परीक्षण गरी विद्यार्थीलाई डेन्टल किट्ससमेत वितरण गरेको छ ।

मञ्चले विराटनगर महानगरपालिका वडा नं. १ परोपकार घाटमा रहेको सयपत्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै मञ्चले परीक्षण शिविरको सञ्चालन गरेको हो ।

कार्यक्रम संयोजिका विन्दु अटलका अनुसार शिविरमा दन्तविशेषज्ञद्वय दीपेन्द्र नौलखा र नूतन नौलखाले विद्यार्थीको मुख र दाँतको परीक्षण गरेका थिए ।

मञ्चले विद्यालयलाई भित्ते पंखा पनि प्रदान गरेको छ । कार्यक्रममा माहेश्वरी समाज विराटनगरका बजरंग बाहेती, विवेक राठी, घनश्याम राठी, सुरेश परतानी, युवा मञ्चका अध्यक्ष अजय राठी, मारवाडी महिला मञ्चकी अध्यक्ष अमिता पेडिवाल लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.