विराट नर्सिङ होमले बालबालिकाका लक्षित स्वास्थ्य प्याकेज ‘हेल्थ रेकर्ड बुक’ सन्चालन

विराट नर्सिङ होमले बालबालिकाका लक्षित स्वास्थ्य प्याकेज ‘हेल्थ रेकर्ड बुक’ सन्चालन

बिराटनगर । पुर्ब सुबिधा सम्पन्न स्वास्थ्य क्षेत्रको एक मात्र विराटनगरस्थित विराट नर्सिङ होमले बिभिन्न हेल्थ प्याकेज सन्चालन गर्दै आएको छ । यस क्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गरी बिद्यार्थीहरुको लागि स्वास्थ्य ‘हेल्थ रेकर्ड बुक’ सन्चालनमा ल्याएको छ । स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले बिद्यार्थी लक्षित स्वास्थ्य प्याकेजका रुपमा ‘हेल्थ रेकर्ड बुक’ विराट नर्सिग होमले ल्याएको हो ।
हस्पिटलले आफनै सातौ तलामा रहेको सभाहलमा पत्रकार सम्मेलन गरी समुदाय र संस्थाहरुसँग दिगो सम्बन्ध निमार्ण गर्ने उद्देश्यले हेल्थ रेकर्ड बुक लिएर आएको जानकारी गराएको छ । हेल्थ रेकर्ड बुक पाँच हजारमा खरिद गरेपछि विराट नर्सिङ होमबाट स्वास्थ्य उपचार सेवा पाउनेछन् । यो हेल्थ रेकर्ड बुक हस्पिटलले अहिले विद्यालयहरुसँग सम्झौता गरेर सेवा सुरू गरेको छ । हेल्थ रेकर्ड बुकमा बालवालिकाहरूको स्वास्थ्यको बारेमा बहुमूल्य जानकारी समावेश गरिएको हस्पिटलका उपाध्यक्ष डेनिस कार्कीले जानकारी दिए । ‘स्वास्थ्य रेकर्ड पुस्तिका सजिलै पहुँच योग्य हुनेछ । आवश्यक स्वास्थ्य जानकारीमा सजिलो पहुँच प्रदान गर्दछ । यो विशेष गरी आपतकालिन आवथामा लाभदायक हुने हामीले अपेक्षा राखेका छौं । जहाँ स्वास्थय सेवा प्रदायकहरुलाई सही र अद्यावधिक स्वास्थ्य जानकारी गराउँछ,’ कार्कीले जानकारी दिए । स्वास्थ्य रेकर्ड बुक प्याकेजको अतिरिक्त, विराट नर्सिङ होमले विद्यालयलाई चिकित्सा सेवाहरु पनि प्रदान गर्दै लैजान र हस्पिटलको रणनिति रहेको सुचना जनसम्र्पक अधिकृत कृष्ण कंडेलले जानकारी गराएका थिए ।
हेल्थ रेकर्ड बुक लिएपछि बालरोग, दन्त, नेत्र रोग, इ.एन.टी. र छाला रोगको सेवाहरु ओपीडिमा निःशुल्क हुनेछ । यस्तै निःशुल्क एम्बुलेन्स सेवा र ओपीडी सेवाहरुमा २० प्रतिशत छुट, एक वर्षको लागि निदान सेवाहरु, सामान्य वार्ड र पि.आइ.सी.यू भर्ना सहित स्वास्थ्य रेकर्ड बुक भएका बालवालिकाहरुलाई अस्पतालको अन्तरङ्ग विभागका सेवाहरुमा २० प्रतिशत छुट हुने हस्पिटलले जनाएको छ ।
पाँच हजार रुपैयाँ तिरेर हेल्थ रेकर्ड बुक लिएपछि प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँ नविकरण शुल््क लाग्नेछ । हेल्थ रेकर्ड बुक लिएपछि हस्पिटलबाट पाउने स्वास्थ्य उपचारमा बालवाकिलासहित अभिभावकहरुले पनि सहुलियतमा उपचार सेवा पाउनेछन् ।
स्वास्थ्य रेकड पुस्तकमा नवजात शिशुदेखि १५ वर्ष उमेर समूहका बालवालिकाहरुको लागि बहुमूल्य जानकारी रहेको हस्पिटलका नवजात तथा बालरोग विशेषज्ञ डा.दिपराज अधिकारीले जानकारी दिए । ‘स्वास्थ्य सम्बन्धित जानकारीहरु एकै ठाउँमा रेकर्ड गरिएको छ । जसले आमाबावुलाई आफ्नो बच्चाको स्वास्थ्य स्थिति थाहा पाउन सजिलो बनाउनेछ,’ डाक्टर अधिकारीले भने, ‘स्वास्थ्य रेकर्ड पुस्तकले विभिन्न उमेर समूहका बालवाकिाको आहार योजना, चेतवनाी चिन्हहरु, के गर्ने र नगर्ने, सुत्ने समय, जाँच समय आदि सहित बहुमूल्य जानकारी प्रदान गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.