व्यापक विरोध भएपछि आयाल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लियो

व्यापक विरोध भएपछि आयाल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लियो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको थियो । त्यही निर्देशनअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको हो ।

अहिलेको मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता गर्ने निर्णय लिइएको निगमले जनाएको छ ।

निगमले हिजो शनिवार पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रुपैयाँले बढाएको थियो । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढाएको थियो । निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँले बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.