१९औं एसियाडको जुडोमा नेपालको यात्रा सकियो

१९औं एसियाडको जुडोमा नेपालको यात्रा सकियो

असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडको जुडोमा नेपालको यात्रा समाप्त भएको छ ।
मंगलबार जुडोमा प्रतिस्पर्धा नेपालका दुई खेलाडी पराजित भएपछि जुडोमा नेपालको प्रतिस्पर्धा सकिएको हो ।

जियोसन लिन्पु जिम्न्याजियममामा भएको जुडोको खेलमा पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए ।

यस्तै महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा हारिन् । आकृति म्याटमा २७ सेकेन्ड मात्र टिक्न सकिन् ।

जुडोमा नेपालबाट ४ महिला र ४ पुरुष गरी कूल ८ खेलाडी सहभागी थिए । तर कुनै पनि खेलाडी क्वाटरफाइनलसम्म पुग्न सकेनन् । नेपाली खेलाडीको यात्रा अन्तिम १६ मै समाप्त भयो ।

८ मध्ये पुरुषतर्फ प्रतिस्पर्धा गरेका विकास विकले जम्मा एक खेल जित्नु बाहेक अन्य सातै खेलाडी पहिलो चरणमा पराजित भए । नेपालका आठै खेलाडी इप्पोनका आधारमा पराजित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.