आन्दोलनरत शिक्षक र सरकारबीचको दोस्रो वार्ता पनि निष्कर्षविहीन

आन्दोलनरत शिक्षक र सरकारबीचको दोस्रो वार्ता पनि निष्कर्षविहीन

काठमाडौं । आन्दोलनरत शिक्षकहरु र सरकारबीचको विहीबारको बैठक पनि निष्कर्षविहीन बनेको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नजुटेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले शुक्रवार टुंग्याइने बताए ।

मन्त्री गुरुङले समस्या टुंगिएपछि विद्यालय खोल्ने बताए । नेपाल शिक्षक महासंघले भने यो वार्ता नभएर अनौपचारिक छलफल भएको जनाएको छ । नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले अनिश्चितकालीन आन्दोलन जारी रहने बताए । उनले सहमति नभइ आन्दोलन नछोड्ने बताए ।

वार्ता कमिटी गठन गरेर मात्रै सहमति हुने उनले बताए । ‘अहिले छलफल मात्रै भयो । वार्ता कमिटी गठन भएर जबसम्म बैठक हुँदैन तबसम्म हामी छलफल र हस्ताक्षर गर्दैनौ भनेका छौं । शुक्रवार विहान ९ बजे पुनः बैठक बस्नेछौं’, उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.